Home / Feature Breaking news / बर्माको शंकास्पद मृत्युबारे मुद्धा दर्ता गर्न पोख्रेलद्धारा एआईजी लामाको ध्यानाकर्षण

बर्माको शंकास्पद मृत्युबारे मुद्धा दर्ता गर्न पोख्रेलद्धारा एआईजी लामाको ध्यानाकर्षण

दाङ, २२ असोज
पत्रकार पार्वति बस्नेतका श्रीमान प्रमोद बर्माको शंकास्पद मृत्यु प्रकरण बारे तत्काल छानवीन प्रकृया टुंग्याएर अदालत समक्ष मुद्धा दर्ता गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पाँच नम्बर प्रदेश प्रहरी प्रमुख एआईजि मिङ्मार लामाको ध्यानाकर्षण गराएका छन् ।

आज लामालाई भेट गरि पोख्रेलले बर्माको मृत्यु भएको दुई महिना वितिसक्दा पनि छानवीन प्रकृया चुस्त हुन नसकेको प्रति असन्तुष्टि जनाउँदै तत्काल निष्पक्ष छानवीन प्रकृया अघि बढाउन ध्यानाकर्षण गराए । ‘घटनाको प्रारम्भिक प्रकृति हेर्दा हत्या हो भन्ने बुझिन्छ,’लामासंग पोख्रेलले भने ‘यो घटनामा अहिले सम्म चुस्त छानवीन हुन नसक्नु दुखद कुरा हो ।’ उनले पीडित पक्ष र आम नागरिकलाई चित्त बुझ्ने गरि अनुसन्धान थालेर प्रहरीले न्याय दिन सक्छ भन्ने विश्वास दिलाउन समेत लामालाई सुझाए ।

साथै उपाध्यक्ष पोख्रेलले न्यायका लागि दबाब दिनै पर्ने अवस्था ननिम्त्याईदिन समेत लामालाई ध्यानाकर्षण गराएका थिए । ‘न्यायका लागि दबाब दिनै पर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो,’पोख्रेलले भने ।

नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रमुख बर्माको गत साउन २१ मा बाँकेको अगैया स्थित जंगलमा शब झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको शरिरै भरी चोट थियो ।

उपाध्यक्ष पोख्रेलसंगको भेटमा एआईजि लामाले बर्मा मृत्यु प्रकरण बारे निष्पक्ष छानवीन भैरहेको वताए । अहिले आँफुहरु घटनासंग सम्वन्धीत प्रमाण संकलनमा लागिरहेको पनि वताए । ‘यो घटनाको निष्पक्ष छानवीन हुन्छ, र यदि दोषि कोहि पाईएमा उसलाई कारवाही हुन्छ,’लामाले भने ‘तपाईहरु ढुक्क हुनुस् ।’ उनले सबै प्रमाण जुटाएर अदालतमा मुद्धा दर्ता गर्ने तयारीमा प्रहरी रहेको बताएका थिए ।

लामालाई उपाध्यक्ष पोख्रेलले न्याय नपाउनु र ढिलो पाउनु एकै कुरा भएको भन्दै तत्कालै अनुसन्धानलाई गति दिन आग्रह गरेका थिए । ‘न्याय नपाउनु र ढिलो पाउनु एकै जस्तै हो,’पोख्रेलले भने ‘पीडितलाई न्याय जति सक्यो चाँडो दिईनु पर्छ ।’ साथै मृतक बर्माको परिवारलाई राहत र बर्माको मोटरसाईकलमा भएको क्षेतीको क्षेतीपूर्ति भरण गराउने काम समेत तदारुकताका साथ हुनु पर्ने ध्यानाकर्षण गराएका थिए ।

एआईजि लामासंगको भेटमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पोख्रेल संगै केन्द्रीय सचिव उदय जिएम पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*