Home / Feature Breaking news / १० तोला सुनका गहना र नगद सहित श्रीमान वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी

१० तोला सुनका गहना र नगद सहित श्रीमान वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी

दाङ, २० असोज
दाङमा एक व्यक्ती नगद र गरगहनासहित वेपत्ता भएका छन् । घोराहीबाट शुक्रवार दिउसो घरबाटै नगद गरगहना सहित उनी वेपत्ता भएको परिवारले बताएको छ ।

घरमा रहेको नगर र गरगहना सहित श्रीमान यदुकुमार सापकोटा वेपत्ता (भागेको) भएको भन्दै श्रीमति सिर्जना बाठा मगर(सापकोटा)ले प्रहरीमा उजुरी दिनुभएको छ । तुलसीपुर माईत भएकी सिर्जनाले एक वर्ष अगाडी नुवाकोटका यदुसँग विवाह गर्नुभएको थियो । हाल घोराहीबा अस्थाई बसोबास गर्दै आएकोमा शुक्रवार नसोचेको घटना भएको सिर्जनाले बताउनुभएको छ ।

आफू नभएको मौकामा घरमा रहेको १० तोला सुनका गरगहना र १ लाख ६० हजार नगद सहित वेपत्ता भएको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

गतवर्ष असोजमा यदुकुमार सापकोटा र सिर्जना बाठा मगरबीच विवाह भएको थियो । सामान्य विवाह भएको एक वर्षपछी यही असोज १४ गते विजयादशमीको दिन माइतिमा भित्राउने कार्यक्रम भएको थियो । माईतिले भित्राउदा दाईजोको रुपमा दिएको श्रीमानको नाममा रहेको बैक खातामा रहेको सिर्जनाले जानकारी दिनुभयो ।

सिर्जनाले ५ फुट ६ ईञ्च उचाई भएको गहुगोरो वर्णका यदुकुमारलाई देख्नुहुने जो कोहीले नजिकको प्रहरी कार्यालय वा ९८६६९१६२४८ मा सम्पर्क गरेर सहयोग गरिदिएर सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*