Home / Feature Breaking news / निर्वाचन अगाडी बामपन्थी नेतृत्वको सरकार निर्माण हुन्छः पोख्रेल

निर्वाचन अगाडी बामपन्थी नेतृत्वको सरकार निर्माण हुन्छः पोख्रेल

घोराही, १८ असोज

नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताउनु भएको छ ।

छलफल चौतारी दाङले घोराहीमा गरेको कार्यक्रममा पोख्रेलले निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक परेकाले त्यसैका लागि अहिलेको बाम एकता भएको बताउनु भयो ।

संविधान निर्माण र कार्यान्वयन प्रकृयाका लागि मात्रै कांग्रेससँगको सहकार्य आवश्यक्ता रहेको भन्दै पोख्रेलले अब त्यो सहकार्यको औचित्य समाप्त भैसकेको दावी गर्नुभयो ।

मुलुकलाई सहि निकास दिनका लागि अब बामपन्थीहरुको एकता एक मात्रै विकल्प भएको भन्दै पोख्रेलले माओवादी केन्द्र र एमालेको तालमेललाई ‘अचानक’ नभई केपि ओली नेतृत्वको सरकारका पाला देखीको गृहकार्य रहेको बताउनु भयो ।

राष्ट्रियताको रक्षाका लागि बाम सहकार्यको थालनी गरिएको पोख्रेलले बताउनुभयो । पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएका पोख्रेलले वर्तमान सत्ता गठबन्धन कायम रहँदासम्म राष्ट्रियता कमजोर बन्दै जानुका साथै लोकतन्त्र कमजोर बन्दै जाने महसुस गरी बाम सहकार्यको थालनी गरिएको दाबी गर्नुभयो ।

२०४६ देखि नै बाम तालमेल र सहकार्य सुरु भएर बामपन्थी दलहरुको सहकार्य रहँदै आएको दाबी गर्दै पोख्रेलले बामपन्थी दलहरु बीचको सहमतिलाई अनौठो तरिकाले हेरेर नकारात्मक विश्लेषण गर्न सुरु गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*