Home / Feature Breaking news / कांग्रेस क्षेत्रद्धारा उमेद्वारहरुको नाम सिफारिस (को–को परे हेर्नुस्)

कांग्रेस क्षेत्रद्धारा उमेद्वारहरुको नाम सिफारिस (को–को परे हेर्नुस्)

घोराही, १८ असोज

आगामी मंसीर २१ गते हुने प्रतिनीधीसभा तथा प्रदेश सभाको निर्वाचनकालागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ कालागि उमेद्वारहरुको नाम सिफारिस गरिएको छ । साविक क्षेत्र नम्बर २ र ३ ले संयुक्त रुपमा नाम सिफारिस गरेका हुन् ।

प्रतिनीधी सभा सदस्यमा प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस भएको छ । जसमा सांसदहरु राजु खनाल र अनिता देवकोटा एवं कांग्रेस दाङ निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मीको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा विरकेशरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा कृष्णप्रसाद सुवेदी र मोहन घिमीरे र दामोदर केसी रहनुभएको छ ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ । जसमा भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दिपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको रहनुभएको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले उमेद्वारका आकांक्षीहरुको नाम सिफरिस गरेको क्षत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*