Home / समाचार / राप्ती विद्यामन्दिर भुतपूर्व विद्यार्थी समाजको अध्यक्षमा अन्सारी

राप्ती विद्यामन्दिर भुतपूर्व विद्यार्थी समाजको अध्यक्षमा अन्सारी

घोराही, १७ असोज

राप्ती विद्यामन्दिर भुतपूर्व विद्यार्थी समाजको अध्यक्षमा अमन उल्लाह अन्सारी सर्व सम्मत रुपमा चयन हुनु भएको छ ।

आज मंगलवार तुलसीपुरमा भएको दशैँ मिलन कार्यक्रम तथा भेलाले ९ सदस्यीय कार्यसमिती सर्व सम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा शरद रेग्मी, सचिवमा भागवत कमला पुरी, सह सचिवमा मनिष शर्मा, कोषाध्यक्षमा समीर ईद्रिस रहनु भएको छ । त्यसैगरी सदस्यमा किरण शर्मा, भवानि सँकर निरौला होस नेपाली, सुदन भण्डारी सर्व सम्मत रुपमा चयन हुनु भएको छ ।

त्यसैगरी समाज समितीको सल्लाहकारहरुमा हिमाल बस्नेत, विमल डाँगी, सुदिप डाँगी, भोजराज न्यौपाने र सर्मिला अधिकारी रेग्मी रहनु भएको छ ।

संस्थापक अध्यक्ष हिमाल बस्नेतको अध्यक्षता एवं राप्तीविद्या मन्दिरका संस्थापक प्राचार्य डा.घनश्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा राप्ती विद्या मन्दिरले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

उनीहरुले शिक्षा क्षेत्रमा २०३७ सालमा राप्ती विद्या मन्दिरले पहिलो पटक दाङमा सुरुवात गरेको शैक्षिक आन्दोनले यस क्षेत्रमा शिक्षाको ज्योती चम्काउन सफल भएको भन्दै बिद्यालयका सस्ंथापकहरुको उच्च प्रशंसा समेत गरीएको थियो ।

कार्यक्रममा सह प्राचार्य दिपक डाँगी, पुर्व शिक्षक प्रमुख वैज्ञानीक अधिकृत ओम प्रकाश आचार्य, विद्यार्थीहरुको तर्फबाट शसत्र प्रहरीका डिएसपी बिमल डाँगी, धर्मेन्द्र वैश्य लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पुर्व विद्यार्थी रोजी डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन शरद रेग्मीले गर्नु भएको थियो । राप्ती विद्यामन्दिर भुतपुर्व विद्यार्थी समाजले प्रत्येक वर्ष वडा दशैंको अवसरमा सम्पुर्ण पुर्व विद्यार्थी र पुर्व शिक्षकहरुको सहभागीतामा तुलसीपुरमा दशंै मीलन कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*