Home / प्रदेश समाचार / हिन्दु उत्सव हेरेको भन्दै दलितको हत्या

हिन्दु उत्सव हेरेको भन्दै दलितको हत्या

दलित भएकै कारण भारतको गुजरातमा एक युवकले ज्यान गुमाएका छन्।

हिन्दुहरूको चाड दशहराको अवसरमा भइरहेको नाचगान हेरेको आरोपमा २१ वर्षीय जयश सोलंकीमाथि कुटपिट भएपछि उनको मृत्यु भएको बिबिसीमा उल्लेख छ।

जयशका मामाका छोरा प्रकाशले उजुरी दिएपछि मारपिट गर्ने ८ जना पक्राउ परेका छन्।

आफू, जयश र अरु दाइ–भाइसँग आइतबार दसैं नाच ‘गर्वा’ हेर्न गएको प्रकाशले बताएका छन्। हेर्दै गर्दा एक व्यक्तिले ‘किन आएको’ भन्दै हप्काए। प्रकाशहरूले ‘हाम्रा दिदीबहिनी सहभागी छन्। त्यसैले हेर्न आएको’ भन्दा ती व्यक्ति कराउन थाले। केही समयपछि उनी गए र अन्य सात जनासहित फर्के।

जयशले रोक्न खोज्दा उनीहरूले मारपिट गर्न सुरू गरेका प्रकाशले बताएका छन्। जयशलाई घिसार्दै पर्खालमा हुत्तयाएपछि उनी अचेत भएका थिए। अचेत भए पनि उनीहरूले जयशलाई पिट्न छाडेनन्। अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको थियो।

गुजरातमा गत साता पनि जुँगा पालेको भन्दै केही दलित पिटिएका थिए। दलित बचावका निम्ति भारतमा कानुन भए पनि हजारौं दलित अझै शोषणमा छन्।

सेतोपाटी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*