Home / Feature Breaking news / बजार क्षेत्रको सडक सुधार गरिदै , दशै अघि १४ सय स्क्वायर मिटर मर्मत हुदै

बजार क्षेत्रको सडक सुधार गरिदै , दशै अघि १४ सय स्क्वायर मिटर मर्मत हुदै

दाङ,१० असोज
तुलसीपुर बजार क्षेत्रको सडकको मर्मत गर्न लागिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को बजार क्षेत्रमा बिग्रीएको सडकको मर्मत सुधार गर्न लागिएको वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिनुभयो ।
झण्डै १ हजार ४ सय २३ स्क्वायर मिटर क्षेत्रफल बिग्रिएको र त्यसको मर्मत सुधार गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका सव–ईन्जीनियर खड्ग बिश्वकर्माले जानकारी दिनुभयो ।
सडक वोर्ड नेपाल र तुलसीपुर उपमहानगरपालिकाको बजेटबाट मर्मत सुधारका लागि झण्डै ११ लाख ६४ हजार ८ सय १४ रुपैया विनियोजना गरिएको छ ।
हाल सम्म कालोपत्रे उप्कीएको र खाल्डा खुल्डीमा करिव ३० देखि ४० प्रतिसत कालोपत्रे टालीएको छ ।
दशैको टीकाको दिन अघि नै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को क्षेत्र भित्रका बिग्रिएको सडक मर्मत सुधार गरि सक्ने गरि काम भई रहेको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सडकमा भएका खाल्डाखुल्डी मर्मत तर्फ कसैको पनि ध्यान पुगेको थिएन । सडकको मर्मत सम्भार पछि हुन सक्ने सम्भाबित सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*