Home / Feature Breaking news / महिला संघको शुभकामना आदानप्रदानः गल्ती सच्याउदै संगठीत हुन आवश्यक

महिला संघको शुभकामना आदानप्रदानः गल्ती सच्याउदै संगठीत हुन आवश्यक

घोराही, ८ असोज

विजया दशमी तथा दिपावलीको अवसरमा नेपाल महिला संघ क्षेत्र नं. ३ दाङले आइतवार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दिपावलीको असवरका कार्यक्रम भएको हो ।

क्षेत्रीय अध्यक्ष जानका केसीको अध्यता एवं नेपाली काग्रेस दाङका जिल्ला सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै विगतका गल्तीहरुलाई भुलेर नयाँ निर्वाचनका लागि पार्टीलाई संगठीत गर्न नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

पार्टीको आन्तरिक विवाद अन्त्य गर्दै पार्टीको हितमा लाग्न विजयादशमी तथा तथा सुभदिपावलीले नेता तथा कार्यकर्ताहरुलाई अभिप्रेरित गरुन भनि शुभकामना व्यक्त गरेका थिए ।

सांसद राजु खनालले व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीको हितका लागि नेताहरु सोच्नुपर्ने  बताए । पार्टीभित्रको आन्तरिक अन्तरविरोधकै कारण स्थानीय तहको निर्वाचनमा काग्रेसपछि परेको भन्दै उनले आगमी निर्वाचनका लागि पार्टीले सवै तहमा योग्य,सक्षम र लोकप्रिय व्यक्तिलाई छनोट गर्न सुझाव दिए ।

सांसद अनिता देवकोटाले काग्रेसलाई सवल र सक्षम पार्टी बनाउन पार्टीभित्रको अन्तरकलह अन्त्य हुनुपर्ने बताईन । व्यक्तिवादी सोचका कारण आफुसँगै पार्टीसमेत कमजोर हुने भन्दै उनले अव हुन थालेको प्रतिनिधिसभा तथा संघीय निर्वाचनमा जित  हासिल गर्नकालागि पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गर्दै नेता तथा कार्यकर्ताहरु एकजुट हुनुपर्ने बताईन् ।

कार्यक्रममा पूर्व जिल्ला सभापति विरकेशवरी गौतम, नेपाल महिला संघका केन्द्रीय सदस्य बविता केसी, नेपाली काग्रेस क्षेत्र नं. ३ का सभापति भुपबहादुर डागी, काग्रेस क्षेत्र नं. २ का सभापति गिरिराज सुवेदी, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य पुष्पा श्रेष्ठ, काग्रेस दाङका पूर्व उपसभापति अर्जुनकुमार श्रेष्ठ, पूर्व जिल्ला सह–सभापति मोहनलाल ओली, नेपाली काग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, पूर्व जिल्ला अध्यक्ष गीता शाह, नेपाली महासमिति सदस्य हरि रजौरिया, सुशिला थापा, काग्रेस नेता ध्रुव ज्ञवाली, नेपाली काग्रेस जिल्ला सदस्य बालिका लम्साल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र दाहाल, काग्रेस नेता भगतसिंह भण्डारी, भिमप्रकाश खड्का, सरिता देवकोटा, विना खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै सांसद राजु खनाल र सांसद अनिता देवकोटालाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघ र नारायणपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रममा स्वागत सम्मान गरिएको थियो । महिला संघ क्षेत्र नं. ३का उपाध्यक्ष केशरा पोख्रेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव पार्वता योगीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*