Home / मनोरञ्जन / नारायणपुरमा आज दशै विशेष सांस्कृतिक कार्यक्रम हुदै

नारायणपुरमा आज दशै विशेष सांस्कृतिक कार्यक्रम हुदै

नारायणपुर, ८ असोज 
विजयादशमीको अवसरमा आज नारायणपुरमा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । पिएमपी पोल्ट्री फर्म एण्ड फ्रेस हाउस नारयाणपुरको आयोजनामा कार्यक्रम हुने भएको हो । उत्कृष्ट किसान, फ्रेस हाउसलाई पुरस्कार वितरण तथा सम्मान सहित पिएमपी दशै मिलन सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा हास्यकलाकार कमल गाँउले, लोकदोहोरी गायीका भुमीका गिरी, कलाकारहरु टोपेन्द्र विष्ट, मञ्जु विसी, प्रेम शर्मा, सुरक्षा सेर्पाईली, रोहन वली, कश्मीरा रसाईली, विजय परियार, सुशीला गौतम, मनिषा रोका, अमृता लामीछाने, मधु क्षेत्री, जिवन बुढाथोकी(जेवी, बसन्त चौधरी लगायतको प्रस्तुति रहने छ । साथै बिफ्रिडम् डाँन्स एकेडेमी र लेट्स डान्सको प्रस्तुति रहने छ ।

नारायणपुर बसपार्कमा हुने कार्यक्रममा उपस्थितिकालागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।

कार्यक्रमको मिडिया पर्टनरमा एओन टेलिभिजन रहेको छ । भने टेलिभिजनबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने प्रवन्ध निर्देशक अमृतमान वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*