Home / मनोरञ्जन / कपुरकोटमा आज नायीका झरणा थापाको प्रस्तुती रहने

कपुरकोटमा आज नायीका झरणा थापाको प्रस्तुती रहने

शंकर के सी,
सल्यान, ८ असोज
सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिन सम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुले आआफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ । सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
आज पहिलो दिनको कार्यक्रमका लागी दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी चर्चीत नायीका झरणा थापा, गायक नेत्र भण्डारी, मोडल आरुसी मगर लगाएतका कलाकारहरु कपुरकोट आइसकेको क्लवका अध्यक्ष विचरा चुडामणि पिएमले जनाएका छन् ।
भोलि दोश्रो दिनको कायृक्रममा हाँस्य कलाकारहरु पाँडे, जिग्री लगाएत गायीका भूमिका गिरी र डान्स क्लवहरुले प्रस्तुती राख्ने पिएमले बताए । उनले कार्यक्रममा सहभागी भइदिनका लागी सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*