Home / समाचार / दाङमा श्रीमतिको हत्या

दाङमा श्रीमतिको हत्या

घोराही, ७ असोज

दाङ एक महिलाको हत्या भएको छ । राजपुर गाँउपालिका १ मा नन्दलाल बुढाले श्रीमति मौसमी बुढाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतिको हत्या गरेर नन्दलाल फरार रहेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । हिजो दिउसो श्रीमतिको शव घरभित्र फेला परेको र हत्याको कारण थाहा नभएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बसको ठक्करबाट दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुरबाट पोखरा जादै गरेको ना ४ ख ७२४२ नम्बरको बसले घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा ठक्कर दिदाँ घोराही उपमहानगरपालिका ११ का ८१ बर्षिय नरमाया रेग्मीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*