Home / समाचार / एन्टोजको महाधिवेशन सम्पन्नः अध्यक्षमा शर्मा, उपाध्यक केसी र महासचिवमा विसी

एन्टोजको महाधिवेशन सम्पन्नः अध्यक्षमा शर्मा, उपाध्यक केसी र महासचिवमा विसी

दाङ, ६ असोज

पर्यटनको बीटमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको शुक्रबार सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनले पत्रकार धनिराम शर्मा(ऋतुविचार)को अध्यक्षतामा केन्द्रीय समिति सर्वसम्मतीले निर्वाचित गरेको हो ।

यही असोज ४ र ५ गते बर्दियाको ठाकूरद्धारामा सम्पन्न भएको महाधिवेशनले संघको केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा बसन्तप्रताप सिंह, महिला उपाध्यक्षमा अमृता केसी, महासचिवमा केशरमान बुढाथोकी, उपमहासचिव मदनराज जोशी, खुला दुइ सचिवमा विष्णुप्रसाद शर्मा र ताराप्रसाद शर्मा, महिला सचिवमा इन्द्रसरा खड्का, दलित सचिव राधा नेपाली, जनजाति सचिव दीपबहादुर घर्तीमगर, कोषाध्यक्ष उदय बिसी, खुला सदस्य हरि भण्डारी र जनक विष्ट, महिला सदस्य सपना वली र अस्मिता गिरी, जनजाति सदस्य रेखा मगर, कर्णाली सदस्य रमेश रावल, दलित सदस्य सूवास परियार र प्रदेश नम्बर ३ बाट तारानाथ न्यौपाने, प्रदेश नम्बर ४बाट विक्रम सुनार, प्रदेश नम्बर ५बाट सन्तोष बस्याल, प्रदेश नम्बर ६ बाट टेक शाही र प्रदेश नम्बर ७ बाट शिवराज ढुगांना निर्वाचित हुनुभएको हो , प्रदेश नम्बर १ र २ मा भने संघको संगठन बिस्तार नभएकोले संगठन बिस्तार पछि चयन गरिने महासचिव केशरमान बिसीले जानकारी दिनुभएको छ , साथै मधेशी मुस्लिम र अल्पसंख्यकको केन्द्रीय समिति बैठकले मनोनित गर्ने भएको छ ।

त्यसैगरि प्रदेशको अधिवेशन सम्पन्न गर्न महाधिवेशनले प्रदेश नम्बर ३ मा पविना स्याङवा, प्रदेश नम्बर ४ विजय राना, प्रदेश नम्बर ५ मा जितेन्द्र खत्री, प्रदेश नम्बर ६ मा अशोक कुमार सिँह र प्रदेश नम्बर ७ मा बाबुराम श्रेष्ठलाई प्रदेश अधिवेशन गर्न संयोजकमा चयन गरिएको छ, संघको विधान अनुसार ६ महिनाभित्र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ ।

शुक्रबार सम्पन्न भएको संघको राष्टिय महाधिवेशनको उदघाटन नेपाल पत्रकार महासघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले गर्नुभएको थियो , उदघाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, प्रेस सेनानी तथा संघका संस्थापक सल्लाहकार सल्लाहकार महेन्द्र बुढाथोकी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो, संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार) शर्माको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव केशरमान बिसीले संचालन गर्नुभएको थियो, भने बर्दिया जिल्ला अध्यक्ष दीपक शर्माले स्वागत मन्तव्य दिनु भएको थियो ।

हाल ४० जिल्लामा शाखा र विदेशमा समेत शाखा रहेको संघको महाधिवेशनमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि प्रवेक्षक र अतिथिहरुको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*