Home / Feature Breaking news / बाढीपीडितलाई १६ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई १६ लाख बराबरको राहत वितरण

घोराही, १असोज ।

अपांग मानब अधिकार एवं सरोकार मञ्च नेपाल दाङले साउन अन्तिम साताको बाढी र डुवानबाट पीडित बनेका करिब चार सय बढी घरधुरीलाई १६ लाख बढिको राहत सामाग्री वितरण गरेको छ ।

बाढी र डुवानबाट प्रभाबित चार सय ३६ घरधुरीलाई गैरखाद्य सामागी्रहरु प्रदान गरेको मञ्चले जनाएको छ । मञ्चले अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाका एक सय ६७, बबई गाउँपालिकामा ८०, दंगीशरण गाउँपालिकामा ९५ र लमही नगरपालिकाकाका एक सय पाँच घरमध्ये पाँच घरका गरि चार घर परिवारलाई राहत वितरण गरिएको छ । चार सय बाढी पीडित परिवारलाई १६ लाख १५ हजार नौ सय मुल्य बराबरको सरसफाई सामाग्री र लत्ताकपडा वितरण गरिएको मञ्चले जनाएको छ ।

यसैबिच मञ्चले आइतवार घोराही नगर क्षेत्रका प्रभावित ३६ घरपरिवारलाई राहत वितरण गरेको छ । मञ्चका अध्यक्ष कृष्णबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेतले ३६ घरधुरीलाई लत्ताकपडा राहत स्वरुप प्रदान गरेका थिए । ह्याण्डीक्याप इन्टरनेश्नलको सहयोगमा मञ्चले एक घरलाई दुई हजार नौ सयका दरले एक लाख चार हजार सात सय २४ रुपैयाँ बराबरको राहत वितरण गरिएको मञ्चले जनाएको छ । मञ्चका कार्यक्रम संयोजक चिन्तामणि पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लेखा तथा बन्दोबस्ती अधिकृत शिव घर्तीमगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*