Home / समाचार / सञ्जीवनी कलेजमा विद्यार्थीलाई स्वागत

सञ्जीवनी कलेजमा विद्यार्थीलाई स्वागत

घोराही, ३१ भदौ ।

नेपाल सञ्जीवनी नर्सिङ् कलेज घोराही दाङले शुक्रबार प्रथम वर्ष अध्ययनरत छात्राहरुलाई स्वागत तथा दसै मिलन कार्यक्रम सम्पन्न भएको छ । कलेजकी प्रिन्सिपल रेश्मा थापाकोे अध्यक्षता तथा व्यवस्थापन समितिका सदस्य देवा रजौरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई अविर टिकाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजौरेले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापका माध्यमवाट विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्नु आजको आवश्यकता रहेको बताएकी थिइन । साथै यस्ता क्रियाकलापलाई कलेजले पढाइसँगै अगाडि बढाउन सुझाव दिईन । ‘यहाँका विद्यार्थीको बहुमुखी विकास गर्नु नै हाम्रो उद्देश्य हो, पढाइका अतिरिक्त विद्यार्थीहरुले आफ्ना प्रतिभालाई प्रष्फुटन गराउने थलोको रुपमा कलेज सहायक बन्ने छ ।’ प्रमुख अतिथि रजौरेले भनिन ।

कार्यक्रममा प्रथम वर्षका छात्राहरुले ‘फेसन सो’ गरेका थिए । फेसन सोका क्रममा विद्यार्थीहरुले विभिन्न जातिको संस्कृति झल्काएका थिए । साथै कार्यक्रममा छात्राहरुले विभिन्न गीत पनि गाएका थिए । प्रदर्शित फेसन सोमा ‘मिस फेसन’का रुपमा चिज कुमारी मगरले उपाधि जितेकी थिइन् । कार्यक्रममा आस्था देवकोटा, सुनिता रोका, चिजकुमारी मगर,नमुना बुढा लगायतले गीत गाएका थिए ।

कार्यक्रममा शिक्षक आदिम के.सी. शिक्षिका मनिला श्रेष्ठ, ज्योति राई, सुमी गुरुङ, कमला पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण छात्रा निरुता आर सी र दिव्या गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*