Home / Feature Breaking news / नेपाल बैंकद्धारा आजदेखी नयाँ नोट साट्न सुरु

नेपाल बैंकद्धारा आजदेखी नयाँ नोट साट्न सुरु

दाङ, २८ भदौ
दशैंका लागि सर्वसाधारणले आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न ८ कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट साट्ने सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो ।

एकजना व्यक्तिले २७ हजारसम्ममा नयाँ नोट पाउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । । यस वर्ष ५, १०, २० ५० र एकसय दरका नयाँ नोट उपलब्ध गराइने भएको छ । यो सुविधा असोज ७ गतेसम्म रहनेछ ।

यसैबीचदशैंलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि चौबिसै घण्टा खुल्ने भएको छ । अब घर जाने यात्रुको चाप बढ्ने भएकाले चौबिसै घण्टा यातायात संचालन हुने चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*