Home / Feature Breaking news / प्रजातान्त्रिक प्यानलद्धारा प्रचार समितिहरु गठन

प्रजातान्त्रिक प्यानलद्धारा प्रचार समितिहरु गठन

नारायणपुर, २८ भदौ
नारायणपुर उद्योग वाणिज्य संघको भदौ ३१ गते निर्वाचनकालागि प्रजातान्त्रिक प्यानलले विभिन्न समितिहरु गठन गरेको छ । निर्वाचनमा मत आफ्नो पक्षमा पार्नकालागि समितिहरु गठन गरिएको हो ।

प्राजातान्त्रिक उद्योगी व्यवसायी संघ नारायणपुरका अध्यक्ष प्रकाशकुमार न्यौपानेको अध्यक्षतमा भएको भेलाले न्यौपानेको संयोजक रहेको प्रचारप्रसार समिति, कुलप्रसाद रजौरे(श्रवण) संयोजक रहेको आर्थिक समिति, टेकबहादुर डाँगी संयोजक रहेको अनुगमन समिति, सन्तोष केसी संयोजक रहेको युवा परिचालन समिति र आर.के.शीतल संयोजक रहेको सञ्चार समन्वय समिति गठन गरिएको छ ।

निर्वाचनकालागि प्रजातान्त्रिक व्यवसायिक प्यानलबाट अध्यक्ष महेन्द्रकुमार दाहाल, उद्योग उपाध्यक्षमा अभियान बस्नेत, वाणिज्य उपाध्यक्षमा तिलकराम पौडेल, महासचिवमा दिपक सुवेदी, सचिवमा तिलबहादुर रोका, कोषाध्यक्षमा बसन्त न्यौपाने, सदस्यहरुमा निमकुमार चौधरी, धरमबहादुर केसी, अनिलकुमार बस्नेत, सनतकुमार आचार्य, मोहनबहादुर न्यौपाने र रेखा खनाल रहनुभएको छ ।
नारायणपुर उद्योग वाणिज्य संघमा ४ सय ५८ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*