Home / Feature Breaking news / प्रदेशको शान्ति सुरक्षा सुदृढ हुन्छः एआईजी लामा

प्रदेशको शान्ति सुरक्षा सुदृढ हुन्छः एआईजी लामा

तुलसीपुर, २६ भदौ

प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले प्रदेश नम्बर ५ को शान्ति सुरक्षा सुदृढ पार्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सुरक्षा प्रमुखहरुलाई स्वागत तथा भेटघाट कार्यक्रममा प्रदेश प्रहरी प्रमुख लामाले यस क्षेत्रका नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको समेत वताउनु भयो । उहांले व्यवसायीहरुलाई लगानी मैत्री वातावरणका लागि आफुले जुन सुकै अवस्थामा पनि शान्ति सुरक्षाको कमी हुन नदिने विश्वास व्यक्त गर्नु भयो ।

उहांले व्यवसायीहरु प्रतिष्पर्धावाट अगाडी वढ्नु पर्ने र उत्पादन मुखि व्यवसायीलाई प्राथमिकता दिनु हुन समेत आग्रह गर्नु भयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरी, प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगर, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र प्रसाद अर्याल , प्रहरी निरिक्षक रमेश विष्ट लगायतलाई स्वागत गरिएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्ली वहादुर वस्नेत , निवर्तमान अध्यक्ष विमल रिजाल लगायतले यस क्षेत्रको शान्ति सुरक्षा मजवुत पार्न अनुरोध गर्नु भएको थियो । उहांहरुले पछिल्लो अवस्थामा व्यवसायीक सुरक्षा कम्जोर भएको भन्दै सुरक्षानिकायहरुको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे, मिनराज भण्डारी र ललितजंग शाह लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन संघका महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*