Home / Feature Breaking news / दाङमा आत्महत्याको घटना बढ्दोः तीन बर्षमा ६ सय ६८ जनाद्धारा आत्महत्या

दाङमा आत्महत्याको घटना बढ्दोः तीन बर्षमा ६ सय ६८ जनाद्धारा आत्महत्या

लिलाधर वली
घोराही, २६ भदौ
दाङमा आत्महत्या घटनाहरु बढ्दै गएका छन । वितेको तीन आर्थिक बर्षको तथ्याङका आधारमा जिल्लामा आत्महत्याका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । आर्थिक बर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०७३÷०७४ सम्म ६ सय ६७ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १ सय ८४ जनाले आत्महत्या गरेका छन् । जसमा महिला १ सय २९, पुरुष ४०, बालक ८ र बालिका ७ जना रहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा १ सय ७० जनाले आत्महत्या गरेका छन् । जसमा महिला ८५, पुरुष ७५, बालक ४ र बालिका ६ जना रहेका छन् ।

यस्तै आर्थिक बर्ष २०७२÷०७३ मा १ सय २८ जनाले आत्महत्या गरेका छन् । जसमा महिला ५५, पुरुष ६८, बालक ३ र बालिका २ जना रहेको प्रहरीले बताएको छ ।

यस आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तथ्यांक अनुसार आत्महत्यामा महिलाहरु बढि छन् । आत्महत्याका प्रमुख कारणहरु वेरोजगार, लागु पदार्थ दुव्यसनी, यौन हिंसा, प्रेममा असफलता, प्रतिष्ठामा गिरावट, घरेल’ हिंसा, गृह युद्ध, बंशाणुगत शिक्षामा असफलता, शिक्षामा असफता, दिर्घ रोगी, गरिवी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुनुभयो ।

सिंहले आत्महत्यालाई रोक्नका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने बताउनुभयो । सरकारले आत्महत्यालाई निरुत्साहित गर्ने खालका कार्यक्रमहरुसँगै आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाई कारवाहीको लागि स्पष्ट नियम बनाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*