Home / समाचार / देउखुरी उद्योग वाणिज्य संघमा लोकतान्त्रीक प्यानल विजयी

देउखुरी उद्योग वाणिज्य संघमा लोकतान्त्रीक प्यानल विजयी

देउखुरी, २५ भदौ
देउखुरी उद्योग वाणिज्य संघको निर्वाचनवाट लोकतान्त्रीक ब्यावसायीक प्यानल विजयी भएका छन् । रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको लोकतान्त्रीक ब्यावसायीक प्यानल नै विजयी भएका हुन् ।

पदाधीकारीमा ६ जना, खुल्ला सदस्यमा ५ जना र महिला सदस्यमा २ जना गरी जम्मा १३ जना लोकतान्त्रीक ब्यवसायीक प्यानलका उम्मेदवार विजयी भएका हुन् । रत्नप्रसाद श्रेष्ठले संयुक्त ब्यावसायीक प्यानलका थानेश्वर गैरेलाई ४ सय ६७ मतको अन्तरले पछी पार्दै देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

रत्नप्रसाद श्रेष्ठले ९ सय ९८ मत पाउनु भएको थियो भने, उहाँका प्रतिस्प्रधी थानेश्वर गैरे अध्यक्ष पदमा ५ सय ३१ मत प्राप्त गर्नु भएको छ । लोकतान्त्रीक ब्यावसायीक प्यानललाई नेपाली कांग्रेस, स्वतन्त्र ब्यवसायी, विप्लव नेतृत्वको नेकपा माओवादी, वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, राप्रपा नेपाल समर्थित ब्यवसायीको समर्थन थियो ।

यता संयुक्त ब्यावसायीक प्यानललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजमो निकट ब्यवसायीको समर्थन थियो । उद्योग उपाध्यक्षमा खगेश्वर खनाल, वाणिज्य उपाध्यक्षमा विनोद कुमार पाण्डे, महासचिवमा कमल जंग सिंह ठकुरी, सचिवमा कृष्ण घिमिरे, कोषाध्यक्षमा केशव घिमिरे निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा जागेश्वर वस्याल, वसन्त कुमार भण्डारी, नवाफ अली, लेखराज केसी(वसन्त), शुशिल कुमार कौशल, महिला सदस्यहरुमा कृष्णा डाँगी, विमला लम्साल विजयी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*