Home / मनोरञ्जन / समीरको नयाँ गीत– ‘घिन घिन बज्यो मादलु’

समीरको नयाँ गीत– ‘घिन घिन बज्यो मादलु’

गायकी पृथक, मेलोडिक पृथक । तर ट्वाक्क मुखमा झुण्डिन्छन् उनका गीत । यहि कौशलताकै उपज हो ‘संगित यात्रा’मा निराशा खेप्नु परेको छैन, समिर आचार्यले । गीत ल्याउँछन्, बजार तताएरै छोड्छन् ।

अष्ट्रेलियाबाट निरन्तर उनको सांगितीक यात्रामा चमक छाईरहेकै छ । यसैक्रममा समिरले यस्तै अर्को धमाकेदार गीत बजारमा ल्याएका छन् ‘घिनघिन बज्यो मादलु,’ ।

सलल्यानी भाका ‘टप्पा’ भाकालाई आधुनिक बाजाको धुन दिएर तयार पारिएको यो गीत पनि उत्तिकै ‘हिट’को सुचीमा पुग्ने आँकलन संगितबजारमा भैरहेको छ, जति ‘मेरो दुनियाँ बेग्लै छ’ले देश ब्यापी तहल्का पिट्यो । ‘यो गीत पनि मेरा विगतका गीत जस्तै ‘हाई रेन्ज’मा पुग्ने छ भन्ने मलाई विश्वास छ,’समिरले भने ‘म गीतमा नयाँपन दिन्छु, त्यसैले यस्ता गीतहरु श्रोता दर्शकको मष्तिष्कमा छिट्टै क्लिक हुन्छन् ।’

‘मेरो दुनियाँ बेग्लै छ,’बोलको गीतबाट आफ्नो उचाई लम्ब्याएका समिरले त्यसपछि ‘चट्ट सलाम छ’ बोलको उस्तै चर्चित गीत बनाए । नक्कली काली बोलको उनको अर्को गीत हिट सुचीमा थपिन पुग्यो ।

यो गीतलाई पनि श्रोताहरुले धेरै मन पराए । शुक्रवार युट्युव मार्फत रिलिज भएको घिन घिन बज्यो मादलू बोलको गीत पनि समिरका लागि उत्तिकै आशाको केन्द्र बनेको छ । यो गीतमा समिर आँफै पनि भिडियोमा देखिएका छन् ।

यस गीतका शब्द चीन्तामणी शमाले लेखेका हुन् । ‘द नेक्कसट’को धमाकेदार नृत्य रहेको यस गीत ३ दीनलगाएर सिडनीमै भिडीयो गरीएको हो । गीतको भिडियोमा पुरै नृत्य राखिएको छ । दाङका समिर लामो समय देखि अष्ट्रेरियामा रहेर नेपाली संगितमा झुमिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*