Home / समाचार / बजार निस्किएकी सीता थापा २४ दिनदेखि वेपत्ता

बजार निस्किएकी सीता थापा २४ दिनदेखि वेपत्ता

सुर्खेत ,२४ भदौ

दैलेखको राउतकोट घर भई हाल वीरेन्द्रनगर-३ सुर्खेत बस्ने सीता थापा २४ दिनदेखि वेपत्ता भएकी छिन् ।

गत साउन ३२ गते वीरेन्द्रनगर बजार निस्किएकी २१ वर्षे सीता अहिलेसम्म घरमा नर्फिएको उनका बुवा कर्णबहादुर थापाले बताए ।

विवाहित छोरी घरबाटै हराएपछि खोजि गरिदिन भन्दै थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गुहार मागेका छन् ।

सीताको परिवारको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनको हुलियासहित सूचना जारी गरी खोजि गरिरहेको जनाएको छ ।

सीता बजार निस्किदा गहना(कानमा जुली, घाटीमा तिलहरी) लगाएर निस्किएको बुवा कर्णबहादुर थापाले निवेदनमा उल्लेख गरेका छन् ।

प्रहरीले सीतालाई भेटाउने जोकोहीले पनि नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४८२६८४१९ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*