Home / Feature Breaking news / रोल्पाबाट बैदेशिक रोजगारमा जानेको संख्यामा कमि आउदै, अघिल्लो वर्षको तुलनामा दुई हजार ६ सयले कमि

रोल्पाबाट बैदेशिक रोजगारमा जानेको संख्यामा कमि आउदै, अघिल्लो वर्षको तुलनामा दुई हजार ६ सयले कमि

रोल्पा, २४ भदौ
जिल्लामै रोजगारीका अवसर प्राप्त हुन थालेपछि रोल्पाबाट रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउन थालेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा ६ हजार ८ सय ५७ जनाले विदेश जानका लागि राहदानी लिएका थिए भने आर्थिक वर्ष २०७३÷०७४ मा ४ हजार २ सय ३६ जनाले मात्र राहदानी लिएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६ सय २१ ले कम हो । विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको प्रशासनले जनाएको छ । अघिल्ला वर्षमा दैनिक १८÷१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८÷१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताउनुभयो ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको सहभागिताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा.डीजन भट्टराईले बताउनुभयो । जिल्लामा विकास निर्माणका काम समेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको भट्टराइको भनाई छ ।

लामो समयसम्म विदेशमा बसेर काम गर्दासमेत घरको आर्थिक अवस्थामा परिवर्तन ल्याउन नसक्दा युवामा स्वदेशमै बसेर जीविकोपार्जन गर्ने आँट पलाएको हो । विदेशमा सिकेको सीप र अनुभवले स्वदेशमै स्वरोजगार हुन प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा आकर्षण घट्दै गरेको पाइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*