Home / Feature Breaking news / सुकुम्वासीको गुनासोः ‘लालपुर्जा, बत्ति, एक घर एक धारा नारामा सिमित’

सुकुम्वासीको गुनासोः ‘लालपुर्जा, बत्ति, एक घर एक धारा नारामा सिमित’

निरला अर्याल गैरे
तुलसीपुर, २२ भदौ

सुकुम्वासीहरुका समस्याहरु प्रति राज्य गम्भीर नभएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सुरक्षीत बसोवासको सुनिश्चत अधिकार हिंसा मुक्तिका निम्ती महिलाको मुल आधार महिलाहरु संग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । ‘सुकुम्वासीहरुका लागी लालपुर्जा बत्ती, एक घर एक धारा उपलब्ध गराउने’ भन्ने नारा अव गीत बन्न थालेको नेपाल महिला एकता समाजको जिल्ला सदस्य हिरा भण्डारीले बताउनुभयो ।

छोरा विदेश पठाउन पैसा नपुगेर समूहमा पुगेकी तुलसीपुर ६ की लक्ष्मी सुनार रितो हात घर फर्किएकी छन् । लालपुर्जा नभएको कारण लक्ष्मी सुनारलाइ समुहले पैसा दिन नसक्ने बताएको होे । यस्तै घोराही ११ को कमला गन्धर्वलाइ पनि लालपुर्जा नभएकै कारण समूहले पैसा नदिदा हाल खोलामा गिट्टी कुट्न बाध्य हुनुपरेको बताएकी छन् । मागअनुसान लालपुर्जा विहिनलाइ समूहले पैसा नदिने र अन्यलाइ भनेअनुरुप पैसा दिएको र यदि दिइहाले पनि एक लाख माग भएकोमा बीस हजार रुपैया मात्र दिने गरेको धेरै उदाहरणहरु रहेको सुकुम्बासीहरुले बताएका छन् ।

‘हामी सुकुम्बासीले केही गर्न खोज्छौ तर आर्थीक अभावका काराण सम्पुर्ण कार्य लगाएत छोराछोरीको भविष्य पनि विग्रन्छ’ उत्थान विकास समितीका केन्द्रीय सदस्य मिना वादीले भन्नुभयो । सुकुम्म्बासीलाइ हुुकुमवासीहरुले नै थिचोमिचो गर्ने जातीय भेदभाव गर्ने आत्मसम्मानमा आँच आउने क्रियाकलाप गर्ने गरेको वादी समुदायको भनाई छ । अधिकार व्यक्तिमा नहुँदा जतिबेला जहाँ पनि जानुपर्ने र सुकुम्बासीको कुनै भविष्य नहुने सधै ऐलानी हुनुपर्ने सहभागीहरुले बताएका छन् । प्राय गरी दलित तथा पीछडिएका वर्ग नै यौन हिंसामा पर्ने गरेको पनि बताइएको छ ।

नेपाल महिला एकता समाज जिल्ला कार्यसमिती दाङको आयोजनामा भएको हो । भूमीहीन महिलाहरुलाइ शशक्त बनाइ छलफलमा आवद्ध गराइ उनीहरुलाइ स–सम्मान जीवनयापनका लागी योग्य बनाउने परियोजना अन्तर्गत नेपाल महिला एकता समाजको कार्यक्रम भएको हो ।

कार्यवाहक अध्यक्ष अन्जना पुनको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाक वडा नं ११ को वडा सदस्य विमला गन्धर्वको प्रमुख आतिथ्य तथा उत्थान विकास समितीका केन्द्रीय सदस्य मिना वादीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सुनिता परियाले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा नं ६ को वडा सदस्य यमुना परियारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*