Home / समाचार / रोटरीद्धारा बोर्ड हस्तान्तरण

रोटरीद्धारा बोर्ड हस्तान्तरण

तुलसीपुर, २२ भदौ

रोटरी क्लब अफ तुलसीपुर सिटीले जीवनपयोगी नारा समेटिएको चार सुत्रिय बोर्ड हस्तान्तरण कार्यक्रम गरेको छ । रोटरी इमेज अन्तर्गत क्लबले तुलसीपुरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई उक्त वोर्ड हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठ र पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले विद्यालयका प्राचार्य जीत बहादुर थापालाई वोर्ड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राचार्य थापाले रोटरीले समाजको बिकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको गतिविधीको बारेमा आफु पहिल्यै देखी जानकार रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का असिष्टेन्ट गभर्नर कुशल तर्तालले करिव १०० जना विद्यार्थी उपस्थित कार्यक्रममा रोटरीले विश्वमै शिक्षा, स्वास्थ्य, बातावरण लगाएत हरेक समाज सेवाको क्षेत्रमा अग्रणी भूमिका खेलेको बताए ।

पूर्व अध्यक्ष धर्मेन्द्र वैश्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष विजय केसीले रोटरी र रोटरी क्लब अफ तुलसीपुर सिटिले गरेका बिभिन्न गतिबिधीहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठले सफलता प्राप्तीका लागि कुनै कुरा सोच्दा, भन्दा वा गर्दा चार(सुत्रिय कसिलाई जाचेर गरियो भने त्यो फलदायी सिद्ध हुने बताए । रोटरियन रसिल थापा र राजिव वली सहभागि रहेको उक्त कार्यक्रमको सन्चालन क्लबका सदस्य सन्दिपन रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*