Home / समाचार / राप्ती आखाँ अस्पतालमा अत्याधुनिक भवन शिलान्यास

राप्ती आखाँ अस्पतालमा अत्याधुनिक भवन शिलान्यास

दाङ, २१ भदौ

राप्ती आँखा अस्पताललाई राप्ती अञ्चलको नमुना तथा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज निमार्णाधिन बहिरङ भवनको शिलान्यास कार्यक्रमका बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन ।

वक्ताहरुले राप्ति आँखा अस्पतालले राप्ति अंचलमा अन्धोपन निवारणका लागि अहम् भूमिका निर्वाह गरेको भन्दै अस्पताललाई नमुना अस्पताल बनाउने बताएका हुन् । भवनको शिलान्यास सांसद वुद्धिराम भण्डारी, स्थानीय दाता नारायण आचार्य, दातृनिकायका प्रतिनिधि हरिशरण विष्ट र नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले संयूक्त रुपमा गर्नु भएको हो ।

अस्पताल परिसरमा निर्माण हुन लागेको भवनको लागत स्टमेट ५ करोड ३९ लाख ५८ हजार रुपैया रहेको छ । शिलान्यास कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले अगाडि सारेको गुरुयोजनालाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक परेको बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीको अध्यक्षता सांसद वुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा एनए वीपीका प्रोजेक्ट म्यानेजर हरिशरण विष्ट, प्रदेश नं ५ का इन्र्चाज एआइजी मिङ्गमार लामा, दाता नारायणी शाह, १९ नम्वर वाहिनी पति विनोद पाण्डे र दाता नारायण आचार्यको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा समाज सेवि प्रकाश आचार्यले अस्पताललाई ५ लाख सहयोग गर्नु भएको थियो । सो चेक उहाँका पिता नारायण आचार्यले नेत्रज्योति संघलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा दाता नारायण आचार्यले अस्पतालले दिएको सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि आँफूहरुको सहयोग निरन्तर हुने बताउनु भयो । कार्यक्रममा एनएवीपीका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले अस्पतालको विकाश र विस्तारका लागी दाताहरु संगै स्थानीयहरुले पनि सहयोग गरेको भन्दै आफुहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

शिलन्यास कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, नेपाल नेत्रज्योति संघ दाङका संस्थापक सभापति डा. घनश्याम डाँगी, सल्लाहकार ढुण्डीराज लामिछाने, दाता भगवती शर्मा आचार्य, लमही नगरविकाश समितिका अध्यक्ष घनश्याम सुवेदी, नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मी, अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल, वडा नं ४ का अध्यक्ष बालकृष्ण रानालगायतले अस्पतालको विकाशमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा संघका सभापति कृष्णकुमार गिरीले पछिल्लो समयमा अस्पतालको भौतिक र सेवा विस्तारमा आफुहरु लागेको भन्दै अस्पतालको गुरुयोजनालाई सफल पार्न यहाँका सरोकारवाला सवैको सहयोग आवश्यक परेको बताउनु भयो ।

उहाले सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै सहयोगको अपेक्षा समेत गुर्न भयो । शिलान्यास कार्यक्रममा स्वागत संघका उपाध्यक्ष रेशमबहादुर खड्काले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सहसचिव चिरञ्जीवि रिजालले गर्नु भएको थियो । सो आवसरमा अस्पतालको गति विधिका वारेमा सहभागीहरुलाई वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*