Home / Feature Breaking news / दाङमा बाढीले ८ करोड २६ लाख बराबरको कृषिबालीमा क्षति

दाङमा बाढीले ८ करोड २६ लाख बराबरको कृषिबालीमा क्षति

सविता सुनार
दाङ, २१ भदौ
दाङमा बाढीका कारण कृषिबालीमा ८ करोड २६ लाख बराबरको क्षति भएको छ । गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दाङ जील्लाको दंगिशरण गाउपालीकामा र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार १ हजार १ सय १५ हेक्टर जमीनमा लगाईएको धानबाली र मकैबाली पूर्ण रुपमा क्षती भएको हो । यसबाट १ हजार घरधुरीका किसानहरु प्रभावित भएका छन् ।

त्यसैगरि उद्योगम क्षेत्रमा पनि क्षेति भएको जील्ला कुषि विकास कार्यालयका प्रमुख दिपक कुमार शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार तुलसीपुरको मदननगरमा रहेको गंगामाला च्याउखेतीमा क्षती हुदा २ लाख बराबराको नोक्सान भएको छ भने साविक त्रिपुर नगरपालीका बेलुवामा रहेको धर्मी कम्पोष्ट मल उल्पादन कारखानामा क्षती हुँदा ५० लाख बराबरको क्षेति भएको छ ।

दाङ जील्लामा रहेका ८ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनमा बर्षाका कारण माछा पोखरी डुबानमा पर्दा ४० लाख बराबरको नोक्सान भएको शर्माले जानकारी दिनु भयो ।

उहाँको अनुसार बबई गाउपालीका, राजपुर गाउपालीका, शान्तीनगर गाउपालिका, घोराही उपमहानगरपालीका र लमही नगरपालीमाका लागाईएको धानबाली र मकैबालीमा पनि क्षती पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालयले अहिले सम्म कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरेर कृषि मन्त्रालयमा पठाईसको छ । अझै अन्य ठाउँबाट थप विवरण आउने क्रम जारी रहेकाले क्षतिको मात्रा बढ्न सक्ने कार्यालयले जानकारी दिएको छ ।

कृषि विकास मन्त्रालयले पीडीत कीसानहरुका लागी राहातको प्याकेज घोषणा गरेको छ । बाढीका कारण धानबाली , मकैबालीमा क्षति भएको क्षेत्रका किसानलाई स्थानीय तहले विभिन्न सेवा सुविधा दिन सक्ने जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*