Home / प्रदेश समाचार / दाङमा दैनिक एक सय बढी चालक कार्वाहीमा

दाङमा दैनिक एक सय बढी चालक कार्वाहीमा

घोराही, २० भदौ ।
दाङमा दैनिक सरदर एक सय सवारी साधनका चालकहरु कार्वाहीमा पर्ने गरेका छन् । ट्राफिक नियमलाई उलंघन गरि सवारीका सधान चलाउने एक सयको हाराहारीमा दैनिक चालकहरु कार्वाहीमा पर्ने गरेका हुन् ।

प्रदेश प्रहरीको कार्यालय दाङमा स्थापित भए पछि ट्राफिक प्रहरीले सवारी जाँचलाई निकै कडाई गरेको छ । प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामा ट्राफिक महाशाखामा बसेका कारण पनि उहाँकै निर्देशनमा दाङमा ट्राफिक नियम कार्यान्वयनमा कडाई गर्नु परेको हो ।

दैनिक जिल्ला भरी सवारी जाँचका क्रममा ७५ देखी एक सय सम्म चालकहरु कार्वाहीमा पर्ने गरेको ट्राफिक प्रहरी जवान लालबहादुर देउवाले बताउनुभयो । हिजो मात्रै ९९ वटा सवारी साधनका चालकहरु कार्वाहीमा पर्दा ५६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सवारी जाँचका क्रममा लाईसेन्स नभएरै चलाएका लाई एक हजार, भएर पनि नबोक्नेलाई ५ सय देखी १५ सय सम्म र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।

प्रहरीले ट्राफिक नियम पालनाले सम्भाबित दुर्घटनाबाट बच्न सकिने र यात्रा सुरक्षित हुने भन्दै चालकहरुलाई सम्झाउने समेत गर्दै आएको छ । सवारी जाँचका क्रममा अधिकांश चालकहरुले लापर्बाही गरि आबस्यक कागजात नबोक्ने र मादक पदार्थ सेवन गर्ने गरेको पाईएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*