Home / समाचार / धर्नामा जेष्ठ नागरिकलाई सम्मान

धर्नामा जेष्ठ नागरिकलाई सम्मान

घोराही,२० भदौ ।
घोराही उपमहानगरपालिका वडा नं. ५ ले वडा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज (सोमवार) एक कार्यक्रमको आयोजना गरि वडाका ७० बर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा वडाका दुई सय २० जना जेष्ठ नागरिकहरुलाई एक ओढ्ना र पोष्टिक आहार प्रदान गरिएको थियो । वडा अध्यक्ष बिष्णुमणि दहालको अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु राम्रो कार्य भएको र यस्ता कार्यहरु आगामी दिनहरुमा समेत निरन्तरता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लोका विश्वकर्मा,नेपाली काग्रेसका प्रतिनिधि शुसिल बस्नेत,नेकपा एमालेका बसन्ती महरा,नेकपा माओवादी केन्द्रका मदन डागीलगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*