Home / Feature Breaking news / घोराहीमा सुपथ मुल्य पसल सञ्चालनः चिनी १३ र नुन ४ रुपैया सस्तो

घोराहीमा सुपथ मुल्य पसल सञ्चालनः चिनी १३ र नुन ४ रुपैया सस्तो

लिलाधर वली

घोराही, २० भदौ

चाड पर्वहरुलाई मध्य नजर गर्दै साल्ट टेड्रिङकर्पोरेशन लिमिटेड दाङ शाखाले सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको छ ।

हिन्दु धर्मलम्वीहरुका ठुला पर्वहरु दशै, तिहार र छठ पर्व नजिकिदै गर्दा सर्वसाधारण नागरिकहरुलाई सहज रुपमा सामाग्री उपलव्ध गराउने उद्देश्यले सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको हो ।

प्रालिको केन्द्रीय निर्णय अनुसार दाङ शाखाले यहि भाद्र १६ गतेदेखि कार्तिक ९ गतेसम्म सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको साल्ट टेड्रिङकर्पोरेशन लिमिटेडका दाङ शाखाका प्रमुख आनन्दकुमार न्यौपानले जानकारी दिनुभएको छ ।

विगतका बर्षहरु जस्तै यस बर्षपनि चाडपर्वहरुलाई मध्य नजर गर्दै सर्वसाधरणहरुलाई सहज रुपमा चाडपर्वका लागि आवश्यक पर्ने चिनी र नुन उपलव्ध गराउने उद्देश्यले बजारको मुल्य भन्दा सस्तोमा सुपथ मुल्यको पसल सञ्चालन ल्याएको साल्ट टे«डिङ कर्पोरेशन दाङ शाखाले जनाएको हो ।

सपथ मुल्यको पसलमा बजार भाउँ भन्दा सस्तो चिनी प्रतिकेजी ७७ रुपैया ५० पैसा र नुन प्रतिकेजी १८ रुपैयाका दरले विक्रि गरिने शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

बजारमा चिनीको मुल्य प्रतिकेजी ९० रुपैया र नुन प्रतिकेजी २२ देखि २५ रुपैयाम्म पर्ने गरेको छ । पसलवाट प्रतिव्यक्ति चिनी र नुन छ केजीका दरले प्राप्त गर्न सक्ने र शनिवार र सार्वजनिक विदाका दिन पसल बन्द रहने शाखाले जनाएको छ ।

यता व्यवसायीहरुले भने सुफथ मुल्यको पसलले आफुहरुलाई असर पुग्ने गरेको बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*