Home / Feature Breaking news / बर्माको मृत्युबारे निष्पक्ष छानविन हुन्छः एआईजी लामा

बर्माको मृत्युबारे निष्पक्ष छानविन हुन्छः एआईजी लामा

लिलाधर वली
तुलसीपुर, १९ भदौ

नेपाल बैंक लिमीटेड बर्दियाका प्रबन्धक प्रमोद बर्माको रहस्यमय मृत्युका विषयमा निष्पक्ष छानविन हुने एआईजी मिङमार लामाले बताउनुभएको छ ।

बर्माको श्रीमति पत्रकार पार्वति बस्नेतको ज्ञापनपत्र बुझ्दै संघीय प्रहरी इकाई कार्यालय प्रदेश नं. पाँच तुलसीपुरका प्रहरी प्रमुख लामाले बर्माको रहस्यमय मृत्युबारे प्रहरीले निष्पक्ष छानविन गर्ने बताउनुभएको हो । उहाँले नेपाल प्रहरीले घटनाबारे सत्यतथ्य छानविन गरि पीडितलाई न्याय र पिडकलाई कारबाही हुने विश्वाव दिलाउनुभयो ।

प्रमोद बर्माको हत्याको अनुसन्धानमा ढिलाईसँगै घटना रहस्यमय बन्दै गएको भन्दै बर्माको श्रीमति बस्नेतले लामालाई घटनाबारे विस्तृत जानकारी गराउनुभएको थियो । बस्नेतले घटनाको प्रकृति हेर्दा र शरिरमा कुटपिटको चोटले पनि हत्या भएको पुष्टि गर्ने भन्दै आफूले न्याय पाउनुपर्ने र यसकालागी नेपाल प्रहरीले निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो ।

घटनाबारे जानकारी लिएलगत्तै एआईजी लामाले घटनाबारे निष्पक्ष अनुसन्धानलागि बाँके जिल्ला प्रहरी प्रमुखलाई फोनमार्फत निर्देशन दिनुभयो ।

त्यस अवसरमा जिल्लामा क्रियाशील पत्रकार संघसंगठनहरुले पनि पत्रकार महासंघ दाङका सदस्य एवं क्रियाशील पत्रकार पार्वति बस्नेतका श्रीमान प्रमोद बर्माको हत्याबारे निष्पक्ष छानविनका लागि लामालाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै एआईजी लामाले घट्नाका फोटोहरु हेर्दा बर्माको मृत्युमा आशंका रहेको भन्दै घट्नालाई गहिरिएर अनुसन्धान गर्न आवश्यक देखिएको बताउनुभयो ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाँके, क्षेत्रीय अनुसन्धान व्युरो कोहलपुर लगायतका सुरक्षा निकायलाई थप अनुसन्धानको लागि निर्देशन दिनुभएको छ । साथै आवश्यक भए केन्द्रय अनुसन्धान ब्यूरो(सिआईवी) ले घटनाको अनुसन्धान गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*