Home / Feature Breaking news / प्रदेशीक राजधानीका फेरि दबाब सुरुः दाङको टोली डेलिगेशन जादै

प्रदेशीक राजधानीका फेरि दबाब सुरुः दाङको टोली डेलिगेशन जादै

घोराही, १६ भाद्र
प्रदेश नम्वर ५ को बिचोबीच भागमा रहेको दाङलाई राजधानी बनाउनका लागि यहाँका सरोकारवालाहरु सक्रिय बनेका छन् ।
जिल्लास्थित क्रियाशिल संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाजलगायतको सहभागितामा गठन गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिको शुक्रवार घोराहीमा भएको भेलाले दाङलाई राजधानी बनाउनका लागि सरकार, राजनीतिकदल र अन्य सबै पक्षसँग समन्व, छलफल भेटघाट गर्ने भन्दै शनिवार समितिको एक टोली काठमाडौं डेलिगेशन जाने निर्णय गरेको छ ।

भेलाले प्रदेश नम्वर ५ को केन्द्र बिन्दु मानेर दाङमा प्रदेशको उच्च अदालत र प्रदेशको प्रहरी प्रमुख कार्यालय राखेकोमा तत्कालिन प्रचण्ड सरकार र वर्तमान शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई धन्यवाद ज्ञापन गर्ने, तत्काल प्रदेशको अस्थायी केन्द्र दाङमै तोक्नका लागि सरकारसँग आग्रह गर्ने, अस्थायी केन्द्र स्थापनाका लागि जिल्लामा समन्वयकारी भूमिका निर्वाह गर्ने, दाङलाई प्रदेशको राजधानी बनाउनका लागि प्रदेश नम्वर ५ मा रहेका सबै जिल्लासँग आवश्यक छलफल, समन्वय, अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।

यसैगरी भेलाले दाङका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका सभापति र उपसभापतिलाई समितिको पदेन सल्लाहकारमा चयन गर्ने, समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै सरोकारवाला निकायहरुसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य सचिव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

समितिका संयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षत्तामा सम्पन्न भेलामा बोल्ने वक्ताहरुले दाङ प्रदेशको राजधानी बनाउन सबै किसिमले उपयुक्त भएको भन्दै सबै राजनीतिक दललाई दाङलाई नै राजधानी बनाउने निर्णय गर्न अनुरोध गरेका थिए ।

सो अबसरमा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेकपा एमालेका सचिवालय सदस्य शरद अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतम, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हेमराज बञ्जाडे, संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पूर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, रामदयाल गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारेलगायतकाले दाङलाई राजधानी बनाउनका लागि आफूहरुले सक्दो सहयोगीको भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण सदस्य सचिव सविन प्रियासनले गर्नुभएको थियो । पहिलो संविधान सभा निर्वाचन हुनासाथ २०६६ सालमा स्थापना भएर दाङलाई राजधानी बनाउनका लागि दाङ प्रादेशिक राजधानी सरोकार समितिले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*