Home / समाज / मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा

मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा

दाङ, १५ भदौ
दाङको घोराहीमा पहिलो पटक हुन थालेको मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा पुगेका छ । कलेज उमेरमा रहेका विद्यार्थीहरुको मनोबल बढाउने गरी दाङमै पहिलो पटक मोटिभेसलन सेमिनार आयोजना भएको छ । बेटर सोसाईटीले आयोजना गरेको सेमिनार राप्ती अञ्चल बजार प्रतिनिधि एशोशिएसनको समन्वय हुने आयोजकले बताएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा रेडबुल रहेको छ भने सहप्रायोजकमा फ्रेडस् सुपर मार्केट र चौधरी ग्रुपको वाई वाई चाउचाउ रहेको छ । कार्यक्रम सफल बनाउन जिल्लाका विभिन्न संघसस्था तथा निकायहरुले सहयोग गरेको र कार्यक्रमको अन्तिम तयारी भैरहेको आयोजक सस्थाका कुमार सुबेदीले जानकारी दिनुभयो । युवाहरुमा रहेको शक्तिले परिवर्तन ल्याउन सक्छ भन्ने सोचका साथ हुन थालेको सेमिनारमा मुख्य प्रस्तुतीका लागि लामो समय मोटिभेसनल टे«नरको रुपमा काम गर्दै आउनु भएका निरज न्यौपाने आउनु हुने भएको छ ।

घोराहीको बुद्धि पार्टी प्यालेसमा भदौ १७ गते शनिबार विहान कार्यक्रम हुनेछ । सेमिनारले युवा तथा विद्यार्थीहरु भित्र रहेको क्षमता तथा प्रतिभाहरुको पहिचान गर्न, त्यसको प्रयोग गरेर आफ्नो क्षमता तथा चेतना अभिबृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरीएको सुबेदीले बताउनुभयो ।

विहान ७ बजे देखि ९ बजे सम्म सेमिनार हुने भएकाले ईच्छुक विद्यार्थी तथा युवाहरुलाई सहभागिताका लागि आग्रह गरीएको छ । सेमिनारमा ३ सय ५० भन्दा बढि विद्यार्थीहरु सहभागि हुनेछन् । सेमिनारमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुको लागि ५० रुपैया र बाहिरका ब्यक्तिहरुलाई एक सय रुपैया प्रबेश शुल्क लाग्ने अशेष न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*