Home / Feature Breaking news / बुढेसकालमा फलाम पिट्दैं शेमलाल

बुढेसकालमा फलाम पिट्दैं शेमलाल

आभास बुढाथोकी
घोराही, १४ भदौ
घोराही उपमहानगरपालिका १३ का शेमलाल बिकको (६१) जिवन फलाम पिट्दैमा (आरन पेशा) ५० वर्ष बित्यो । कपला सेतै फुलेको छ । अझै पनि उँहा फलाम पिट्नुहुन्छ । घरमा पाचँ जनाको परिवार छ ।

‘एक जनाको कमाइले पाचँ जनाको परिवारलाई कसरी पाल्ने ? उनी भन्छन्–‘अरु छोरा सानै छन् । मैले काम नगरेर के गर्ने । नत्र खान लाउनै पुग्दैन ।’ जिवनभर उँहाले धेरै फलाम पिट्नुभयो तर पनि घरकोे आर्थिक अवस्था कहिलै माथी उठेन । घर खर्च चलाउदै र सन्तान हुर्काउदैमा ठिक्क भयो ।

‘आरन पिट्ने सिपबाहेक अरु केही छैन । यो उमेरमा पनि अरु के नै गर्न सकौला र ? पहिले त उमेर थियो जागर थियो र काम गरिन्थ्यो । अहिले त उमेर पनि जान लाग्यो । शरिरपनि गल्न थाल्छ ।’ उहाँ भन्नुहुन्छ– ‘अब त धेरै जागर पनि छैन । पहिले जस्तो फलाम पिट्न पनि सक्दैन । अलि कति पिट्यो कि निकै गाह्रो हुन्छ । तर काम नगरी पनि त भएन । नत्र कसरी घरपरिवार पाल्नु र खै ?’

फलाम पिट्दै जिवनको झण्डै आधा बसन्तपार गरेका शेमलालको सेतै फुलेका कपला र चाउरी परेका गालामा फलाम भने पिट्न छोड्नुभएको छैन । ‘अझै पाखुरीमा बल छ । जहिले सम्म शरिरले भ्याउछ तब सम्म शरिर खियाउदै र पसिना बगाउदै भए पनि घरपरिवारलाई सम्हाल्न सक्छु ।’– उहाँले भन्नुभयो । घरगृहस्थीका अनेक पिरलो, बुढौली उमेर त्यसमा पनि फलाम पिट्ने आरन पेशा अझै त्यसैमा भने जतिको आम्दानी हुदैन भन्नुहुन्छ शेमलाल ।

‘कुनै दिन सबै छोराहरुलाई हुर्काएर उनिहरुलाई आफ्नो खुट्टामा उभ्याएर । आफु उनिहरुको साहारामा सुखदले बुढेशकाले बिताउला भन्ने चाहना छ’– उहाँ भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*