Home / समाचार / नारायणपुरमा ट्राफिक सचेतना कार्यक्रम

नारायणपुरमा ट्राफिक सचेतना कार्यक्रम

घोराही, १४ भदौ
पशुपति विद्याश्रम नारायणपुरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र युवा सञ्जाल त्रिपुरको आयोजनामा आज वुधवार कार्यक्रम भएको थियो ।

कार्यक्रममा ट्राफिक नियमको बारेमा जिल्ल ट्राफिक प्रहरी कार्यालय दाङक प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । उहाँले दुर्घटना न्युनिकरण, बाटो काट्दा, गाडि चढ्दा, ओर्लिदा ध्यान दिनु पर्ने लगायतका विषयमा वाग्लेले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा स्वर्गद्धारी बोडिङ स्कूल, स्वर्गद्धारी बोडिङ स्कुल, मावि नारायणपुर र ग्रेड बुद्ध बोर्डिङ स्कुल नारायणपुरमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको सहभागीता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान लालबहादुर देउवाले जानकारी दिनुभउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*