Home / मनोरञ्जन / हिमनदीको पानी पिउदै गायक एवं संगीतकार गोविन्द मधुर

हिमनदीको पानी पिउदै गायक एवं संगीतकार गोविन्द मधुर

देवी भण्डारी

दंगाली गायक एवं संगीतकार गोविन्द मधुर आचार्यको राष्ट्रियभावको ‘तिर्खा लाग्दा पिउन पाँउ हिमनदीको चिसो पानी.. बोलको गीतको म्युजिक भिडियो र्सावजनीक भएको छ । अभिनेत्री छुल्ठिम गुरुङ अभिनेता गौरव पाहारी अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिर्खा लाग्दा पिउन पाउँ हिमनदीको चिसो पानी.. बोलको गीतको म्युजिक भिडियो काभ्रेको पनौती र साँगामा छायाँकन गरिएको गायक गोविन्द मधुर आचार्यकले जानकारी दिए । ‘तिर्खा लाग्दा पिउन पाँउ हिमनदीको चिसो पानी’ बोलको गीतको निर्देशन दीपक ओलीले गरेका हुन् ।

जुन गीतमा यम भण्डारीको शब्द रहेको छ । भिडियोमा अस्मिता बस्नेतको पनि अभिनय रहेको छ भने बाल कलाकारका रुपमा विनयजंग योगीले अभिनय गरेका छन् । सुरेश राउतको सम्पादन रहेको गीतलाई लोगो क्रियशनले बजारमा ल्याएको हो ।

नेपाली संगीत क्षेत्रमा लोकगीत हँुदै चलचित्र र सुगम संगीतमा जमेका दंगाली कलाकार गोविन्दले पछिल्लो समय संगीत संयोजन पनि गर्दै आएका छन् । उनले संगीत गरेका मर्छु बरु छटपटिमा, तिमीलाई त मेरो पीडामा, यो जुनिमा तिम्रो सिउँदो, भन केके गर्नु पर्छ, चोटै चोट मात्र किन,मलाई धोका दियौ र पो, लगायतका दर्जनौ गीतले चर्चा बटुल्न सफल छन् ।

चोली फाट्यो की मेरी आमाको, मलाई दुख्दा रुने त्यो मन, भाग्यमै लेख्नु पर्दाेरहेछ आफुलाई मन परेको मान्छे पाउनलाई जस्ता दर्जनौ लगायतका दजर्नाै चर्चित गीतहरु गोविन्दको स्वरमा बजारमा आएका छन् । यत्तिकै मात्रामा उनको संगीत रहेका गीत पनि बजारमा चर्चा बटुल्न सफल छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*