Home / समाचार / बेश्यावृतिमा संलग्न भएको आरोपमा दाङमा आठ पक्राउ

बेश्यावृतिमा संलग्न भएको आरोपमा दाङमा आठ पक्राउ

घोराही, १३ भदौ
दाङ प्रहरीले अवैध धन्दा गरेको आरोपमा सोमवार राति दाङमा ८ जनालाई पक्राउ गरेको छ । घोराहीको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका– १५ ट्राफिक चोकमा रहेको ‘गुनाम रोल्पा कोसेली गेष्ट हाउस’ मा खानतलासी गर्दा वेश्यावृतिमा संलग्न रहेको आरोपमा होटेल सञ्चालक सहित आठ जनालाई पक्राउ गरेको हो ।

होटेल सञ्चालक मीना बाठा घर्ती सहित पाच जना महिला र तीन जना पुरुषलाई नियन्त्रणमा लिएर र आवश्यक अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*