Home / Feature Breaking news / १२ वर्ष विदेशमा विताएका श्रेष्ठ माहुरीसँग रमाउदै

१२ वर्ष विदेशमा विताएका श्रेष्ठ माहुरीसँग रमाउदै

आभास बुढाथोकी
घोराही, १२ भदौ
पछिल्लो समयमा दाङमा मैरीपालनमा राम्रो सम्भावना देखीएको छ । सरकारले पनि मैरीपालनका लागी अनुदानको समेत व्यवस्था गरेको छ । जसका कारण धेरै कृषकहरु मौरीपालन तर्फ आर्कर्षित भएको छन् । घोराही उपमहानगरपालीका– ६ फचकपुर निवासी बलप्रसाद श्रेष्ठले विगत एक वर्षदेखी मैरीपालन गर्दे अहिले स्वदेशमै मैरीपालनबाट वर्षिक राम्रो आम्दानी गर्ने सफल हुनूभएको छ ।

वैदेशीक रोजगारीमा झन्डै १२ वर्ष विदेश बस्नुभएको श्रेष्ठले अहिले स्वदेश फर्की विगत एकवर्षदेखी मैरी पालन गर्दै आइरहनुभएको छ । १२ वर्षसम्म विदेशी भुमीमा विताउनुभएका श्रेष्ठ अहिले माहुरीसँग रमाउदै हुनुहुन्छ । धेरै समय विदेशमा विताउनुभएको उहाले अहिले आफ्नै देशभित्र, परीवारसंगै बस्दै मैरी पालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहनुभएको छ । १२ हजारको रकमबाट शुरु गरेको मैरीपलानबाट अहिले झन्डै ७५ देखी ८० हजार सम्म वार्षिक आम्दानी गर्दै आइरहनुभएको छ ।

DSC_0045

१२ हजार रकमको लागानी र कृषी कार्यलयबाट केही महको घार अनुदान सहयोगबाट उहाँले मैरीपालन शुरु गरेका गर्नुभएको थियो । महको घारका साथै एक हप्ते तालिम लिएर मैरीपालन पनि उहाँले लिनुभएको छ । १० वटा घारबाट मौरीपालन सुरु गर्दा उहाँले मौरीपालनबाट राम्रौ आम्दानी होला भनेर खासै ढुक्क हुनुहुन्नथियो ।

श्रेष्ठले झन्डै ३० वटा घारमा मौरीपालन गर्नुभएको छ । ३० मध्य एउटा घारबाटै झन्डै ३ देखी ४ किलो सम्म मह निकाल्ने गरेको उहाँको भनाइ छ । एक सय २० किलो सम्म वार्षिक महउत्पादन गर्दैै आएको श्रेष्ठले बताउनुभयो । ‘महको बजार एकदमै धेरै छ’–उहाँले भन्नुहुन्छ– ‘राम्रो पाईने भएपछि घरमै महका ग्राहकहरु आउछन् । माग बढि भएकाले पु¥याउनै गाह्रो छ ।’
‘मैरीपालनको लागी अन्य व्यवसाय पशूपालन जस्तो धेरै दुख गर्ने पर्दैन, आम्दानी पनि राम्रो छ । तर अलीकतीभने मेहेनत गर्नु पर्छ’– उहाँ भन्नुहुन्छ– ‘अहिले ३० वटा घारमामैरी पालन गर्दै आइरहेका छु, वर्षेनी रुपमा घार बढाउदै लौजाने सोच बनाएको छु ।’ अहिले आफुले मात्र मैरीपालन गर्दै आइरहनु भएका श्रेष्ठले अब भने परिवारको सबै सदस्यहरुलाई यसमा संलग्न गराउने सोच बनाएको बताउनुहुन्छ ।
रोजगराीको शिलशिलामा वर्षैसम्म परिवाट छुट्टीयर टाढा वस्न परेकोमा उहाँ दुखेसो पोख्नुहुन्छ । वर्षाैसम्म परीवारसंगै टाढा बस्दा भोग्न परेका दुख,पिडा आफुले भोगे पनि अरुले भोग्न नपरोस् भन्ने उहाँ चाहनुहून्छ । त्यसैले उहाँले वैदेशिक रोजगारीका लागी विदेश गएका आफ्ना साथीहरुलाई र दाजुभाइहरुलाई अब विदेश हैन स्वदेशमै आफ्नो परीवारसंगै बसी केही गर्न सल्लाहा दिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*