Home / Feature Breaking news / घोराही क्षेत्रमा भिषण वर्षा

घोराही क्षेत्रमा भिषण वर्षा

घोराही, ११ भदौ
दाङको घोराही क्षेत्रमा आज भिषण वर्षा भएको छ । अपराह्न करिब १२ बजेदेखी निरन्तर वर्षा भईरहेको छ । घोराही क्षेत्रमा ठुलो मात्रामा पानी परेको छ । जसले गर्दा सवारी साधन कमैमात्रामा चलेका छन् भने पैदल यात्रुहरु पनि कमै मात्रामा हिडेका छन् ।

निर्माण हुदै गरेको सडक र नालाका कारण धेरै स्थानमा पानी जम्मा भएको छ । जसले गर्दा पैदल यात्रुहरुलाई आवतजावतमा नै समस्या भएको छ ।

2

सजगता अपनाउन मौसम पूर्वाअनुमान महाशाखाको आग्रह

मौसमविद्हरुले आज पूर्व र मध्य क्षेत्रमा ठुलो मात्रामा पानी पर्ने बताएका छन् । आज ठूलो पानी पर्ने देखिएकाले केही सजगता अपनाउनुपर्ने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । तराईका नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

विभिन्न नदीमा पानीको सतहले सतर्कता तह पार गर्ने संभावना नभएपनि लगातार पानी पर्दा सानो खोलामा बाढी आउने भन्दै सावधानी अपनाउन भनिएको छ ।कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा सोमबार बिहानसम्म नै जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*