Home / Feature Breaking news / थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउदै

थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउदै

दाङ, ११ भदौ
पश्चिम नेपालका थारु समुदायले निकै आस्था र विश्वासका साथ मनाउने अट्वारी पर्व आज धुमधामसँग मनाउँदैछन् । अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो । आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफना चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ ।

अट्वारी पर्वलाई आफना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र ददीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिइन्छ । अट्वारी थारु जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*