Home / Feature Breaking news / शान्ति सुरक्षा बलियो बनाउन राज्यमन्त्रीलाई व्यवसायीहरुको आग्रह

शान्ति सुरक्षा बलियो बनाउन राज्यमन्त्रीलाई व्यवसायीहरुको आग्रह

दाङ, १० भदौ
तुलसीपुरका उद्योगि व्यवसायीहरुले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजबुद पार्न मन्त्रि चौधरिसँग आग्रह गरेका छन । आज तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्य मन्त्रि डिल्ली बहादुर चौधरिको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने ब्यवसायीहरुले ब्यवसायी हत्याले सवैलाई चिन्तीत बनाएको भन्दै सुरक्षा अवस्था मजवुत पार्नका लागी आग्रह गरेका हुन ।

कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले व्यवसायीक सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउन माग गर्नुभयो । साथै रावतले तुलसीपुर विमानस्थल सञ्चालन, लमही–तुलसीपुर सडकको स्तर उन्नति, दाङ–सुर्खेत सडक कालोपत्रेका लागी पहल गर्न मन्त्रि चौधरिको ध्यानकर्षण गराउनु भयो । सो अवसरमा बोल्दै निर्वतमान अध्यक्ष बिमल रिजालले विकासप्रेमी नेताको रुपमा परिचय बनाउनु भएका चौधरी मन्त्रि हुुनुले दंगाली जनताले ठुलो अपेक्षा गरेको बताउनु भयो ।

सो अवसरमा बोल्दै नवनियुक्त राज्य मन्त्रि चौधरिले जिल्लाको बिकासका लागी आफुले सदैव भुमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*