Home / समाचार / बाढिपीडितहरुकालागि युवाहरुको राहत संकलन

बाढिपीडितहरुकालागि युवाहरुको राहत संकलन

घोराही, ९ भदौ
विगत लामो समय देखि दाङमा समाजिक तथा आर्थिक रुपान्तरणका लागी विभिन्न सन्देशमुलक तथा समाजमा पिछडियका वर्गको सहयोगमा नितरन्तर रुपमा सक्रिय रहेर कार्य गर्दै आईरहेको गैर सरकारी सँस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूह, दाङ्ग र सहयोगी हातको संयुक्त सहकार्य र जिल्लाका सरकारी निकायहरुको समन्वयमा जिल्लामा बाढी पिडितका लागी राहत वितरण गरिएको छ । काठमाण्डौ तथा दाङमा राहत संकलन गरि तुल्सीपुर उपमहानगर पालीका वडा नं १३ अन्तर्गत पर्ने दमार गाँउ र रनियापुरमा ८० हजार रुपैया बराबरको  सहयोग सामाग्री  बितरण गरिएको हो ।

21100516_1450024248444815_1231498028_n

बाढिबाट पिडीत ५५ घर परिवारलाई २५ किलोका दरले चामल, १ लिटर तेल र १ पोका नुन र संकलीत लत्ताकपडा तुलसीपुर उपमहानगरपालीका वडा नं १३ का वडा अध्यक्ष डम्बर न्यौपाने र  ईलाका प्रहरी कार्यलयका सहायक निरीक्षक खड्ग बहादुर बुढा मगरको उपस्थीतीमा वितरण गरिएको छ ।21100328_1450024611778112_600690575_n
बाढि पिडितलाई राहत संकलन गर्ने क्रममा काठमाण्डौका बिभिन्न स्थानबाट राहत संकलन गरिएको कुरा सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूह, दाङ्गका राहत संकलन संयोजक निर्मल के.सीले बताउछन् ।
21100281_1450024905111416_455238884_n   कुनै पनि किसीमको आर्थीक सहयोग देसीविदेशी सँस्थाहरु सँग आफनो सँस्थाले नलिएको र देश भित्रै सहयोग सँकलनको अभियान संचालन गरिएको बताउछन सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूहका अध्यक्ष किरन थापा ।
साथीहरुको सानो समुह बनाएर राहत संकलनमा सक्रिय भएता पनि राहत संकलन गर्दै जाँदा पछि  काठमाण्डौमा अध्यनरत दङ्गगाली साथीहरु लगाएत अन्य जिल्लाका साथीहरु अभियानमा हतेमालो गरेको  पाँउदा हौसला मिलेको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूह, दाङ्गका राहत संकलन संयोजक निर्मल  के.सीले बताँउछन् ।21076504_1450024515111455_1793428610_n
राहत संकलन देश भित्र र देश बाहिर रहनुभएका नेपाली दाजु भाई,दिदी बहिनी लगाएत सम्पूर्ण हितकारी मनभएकाबाट गरिएको जानकारी हातेमालोका राहत संकलनका संयोजक सुमन न्यौपानेले बताउछन् । उनले भने “हामीले विगत देखि नै समाजिक क्रियाकलापमा सक्रिय भएर सहयोग गर्दै आईरहेकै छौ र आगामि दिनमा पनि समाजमा हाम्रो आवश्यकता भएका स्थानमा हाम्रो सक्रिय उपस्थिति रहनेछ ।
वि.स.२०६९सालमा स्थापना भएको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूह, दाङ्गले विगतमा बालबालिका सम्बन्धी विभीन्न सन्देशमुलक कार्यक्रम तथा सामाजिक क्षेत्रमा सहयोगी कार्यक्रम पनि गर्दै आइरहेको थियो जसलाई आगामि दिनमा पनि निरन्तरता दिने संस्थाका अध्यक्ष थापाले बताउछन ।

ईमर्निङ पोष्ट अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*