Home / Feature Breaking news / सिसाद्धारा दाङका बाढि पिडितलाई राहत सामाग्रि सहयोग

सिसाद्धारा दाङका बाढि पिडितलाई राहत सामाग्रि सहयोग

घोराही, ३ भदौ ।
बाढी र डुवानका कारण पिडित बनेका दाङका प्रभावित नागरिकहरुलाई एक गैरसरकारी संस्थाले साढे १२ लाख मूल्य बराबरको सामाग्रिहरु सहयोग गरेको छ ।

सिसा नेपाल दाङले कारितास नेपालको आर्थिक सहयोगमा दाङका १ सय ८७ घरका बाढी तथा डुवान पिडितहरुलाई साढे १२ मूल्य बराबरको बिभिन्न सामाग्रिहरु सहयोग गरेको हो ।

खाद्य र गैरखाद्य सामाग्रिहरु एक सय ८७ घरधुरी बाढी प्रभावितहरुलाई बितरण गर्ने योजना रहेको सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले जानकारी दिनुभयो ।

देउखुरी सहित तुलसीपुर र पश्चिम क्षेत्रका बाढी प्रभाबितहरुलाई चामल, दाल, चिनी, नुन, तेल, चाउचाउ, फिल्टर, मेट्रेस, तन्ना, ३० कार्टुन पानी लगाएतका खाद्य र गैरखाद्य सामाग्रिहरु उपलब्ध गराएको अध्यक्ष सिद्धिकीले बताउनुभयो ।

रिहारमा १६ घर, अमेलियामा ४२ घर, तुलसीपुरको फुलबारी र रनियापुरमा ५२ घर, राजपुरमा १२ घर, बबईमा ५२ घर र घोराहीमा १३ घरका लागि सहयोग सामाग्रि जुटाएको सिसाले जनाएको छ । राजपुर, बबई र घोराहीका पिडितहरुलाई भोली सम्ममा राहत सामाग्रि प्रदान गरिने अध्यक्ष सिद्धिकीले बताउनुभयो ।

प्रतिघरलाई साढे सात हजार रुपैयाँका दरले राहत सामाग्रिहरु उपलब्ध गराईएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति दाङको समन्वयमा कारितासको सहयोगबाट सिसा नेपालले रातह सामाग्रि जुटाएर वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*