Home / Feature Breaking news / दाङमा एक बालक ६ दिनदेखि वेपत्ता

दाङमा एक बालक ६ दिनदेखि वेपत्ता

घोराही, ३१ साउन
दाङमा एक बालक ६ दिनदेखि वेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० सौडिकुला निवासी १४ बर्षिय केशव बुढाथोकी विहिवारदेखि सम्पर्क विहिन भएको परिवारले जनाएको छ । नारायणपुरस्थीत गे्रट बुद्ध एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययरत बुढाथोकी विहिवार विहानदेखि हराएको आमा उमा बुढाथोेकीले बताउनुभयो ।

‘विहानसम्म छोरा घरमै थियो, छोरा घरमै भएकाले आफु बारीमा घाँस काट्न गएको थिए, आउदा छोरा घरमा थिएन’–आमाले भन्नुभयो–‘विहान स्कुल गएको होला भन्ने लाग्यो तर साँझसम्म छोरा घर फर्किएन ।’ त्यसपछि छोराको खोजीका लागि विद्यालय र प्रहरीलाई खबरसँगै परिवार पनि खोजीमा रहेको उहाँले बताउनुभयो । आज मंगलवारसम्म पनि केशवको बारेमा कुनै पत्ता नलागेको आमा बुढाथोकीले बताउनुभयो ।

प्रहरीले खोजी कार्य भैईरहेपनि कतै नभेटिएको बताउने गरेको बुबा खुमबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले बालकलाई भेट्ने जोकोहीले नजिकको प्रहरी कार्यालय वा मोवाइल नंं.९८४७९२१३६० खवर गरिदिन समेत सबैमा आग्रह गर्नुभएको छ । ६ दिनसम्म छोराको कुनै पत्ता नलाग्दा परिवारले प्रहरी प्रशासन, पत्रकार, मानवअधिकारकर्मीलगायतलाई छोराको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*