Home / समाचार / एक सय १२ घर भत्कीए, डेढ सय घरधुरी बिस्थापित

एक सय १२ घर भत्कीए, डेढ सय घरधुरी बिस्थापित

घोराही, ३१ साउन ।
लगातार चार दिन परेको बर्षापछि बाढी र डुवानमा परी दाङमा एक सय १२ वटा घर भत्कीएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार सुक्रबार राती देखी हिजो दिउसो सम्म परेको बर्षाका कारण बाढी र डुवानमा परि १ सय १२ घर भत्कीएका हुन् ।

त्यसैगरी, १ सय ५३ घरका ३ सय ७१ जना विस्थापित भएका छन् । घर भत्कीएको र बस्नलाई जोखिम देखिएपछि डेढ सय घरका सदस्यहरुले घर छोडेर अन्तै आश्रय लिएर बसेका छन् । केही आफन्तको घरमा र अन्य सामुदायिक वनको भवन तथा विद्यालयहरुमा आश्रय लिएर बसेका छन् ।

३८ वटा घरमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ । बाढी र डुवानका कारण ४ सय ३१ घरधुरीका ४ सय ८७ जना प्रभाबित भएका छन् । बाढी र डुवानमा परि ६३ वटा पशुचौपायाहरु बगेका छन् ।

तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, दंगिशरण, बबई गाउँपालिकाका ३२ स्थानमा बाढी र डुवानले असर पारेको केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*