Home / समाचार / बाढी बगेर थप दुईको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

बाढी बगेर थप दुईको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

घोराही, ३१ साउन ।
लगातार चार दिन परेको अबिरल बर्षापछि आएको बाढीमा परेर दाङमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । आज थप दुई जनाको शब फेला परेपछी मृत्युहुनेको संख्या पाँच पुगेको हो ।

गत आइतबार क्वाङखोलाले बगाएर हराएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरका मेघबहादुर खत्रीको शब आज फेला परेको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ६ को थापागाउँको नर्सरीमा खत्रीको शब फेला परेको हो ।

खत्रीलाई स्थानीय क्वाङखोलाले बगाएको थियो । आईतबार बिहानै देखी लगातार परेको पानीले क्वाङखोलामा आएको बाढीले खोला तर्दै गर्दा उहाँलाई खोलाले बगाएको थियो । यसैविच दाङको बबई नदि किनारमा आज एक पुरुषको शब फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका ११ सितलपुरको बबई पुल देखी करिब ५ सय मिटर तल नदि किनारमा पुरुषको शब फेला परेको हो । कालो पाईन्ट, हाप सर्ट, स्टकोट र चप्पल लगाएको पुरुषको शब आज फेला परेको त्यहाँबाट पत्रकार देविराम कुसारीले जानकारी दिनुभएको छ । शबको पहिचान हुन सकेको छैन् ।

यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सिमगैरी बस्ने ४८ बर्षिया भगवती सुनारलाई तुईखोलाले बगाउदा मृत्युभएको थियो । त्यसैगरी, तुलसीपुर उप महानगरपालिका वडा नम्बर ४ निबासी ५८ बर्षिय नरबहादुर रावतको बेतनी खोलामा आएको बाढीले बगाउदा मृत्युभएको थियो ।

यसैगरि खोला तर्ने क्रममा आएको बाढीले बगाउदा घोराही उपमहानगरपालिका १२ पेदागाउँ निबासी ३३ बर्षिया निर्मला बाठामगरको पनि मृत्युभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*