Home / विशेष / पसल दर्ता गरेकै भरमा व्यवसायी हुँ भनेर नेतृत्वमा जान खोज्ने प्रचलन अन्त्य हुनुपर्छः सदस्य पदका उमेद्वार छविनारायण गिरी

पसल दर्ता गरेकै भरमा व्यवसायी हुँ भनेर नेतृत्वमा जान खोज्ने प्रचलन अन्त्य हुनुपर्छः सदस्य पदका उमेद्वार छविनारायण गिरी

घोराही, ३० साउन
छविनारायण गिरी जिल्लामा पुराना व्यवसायीका रुपमा परिचित हुनुुहुन्छ । घोराहीको मुख्य केन्द्र न्युरोडमा स्काई सु–सेन्टर सञ्चालन गर्दै आउनुभएका गिरी जिल्लामा एक सफल व्यवसायीका रुपमा स्थापित हुनुहुन्छ ।

२०५६ सालदेखि व्यवसायीक क्षत्रमा लागेको बताउने गिरीले पछिल्लो समय व्यवसायीका नाममा गैरव्यवसायीहरुको विकृति देखिएको र त्यो समाधानकालागी उद्योग वाणिज्य संघमा जान चाहेको बताउनुहुन्छ ।

उद्योग बाणिज्य संघ विशुद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन भएकाले त्यही अनुसार संघलाई अघि बढाउनुपर्ने गिरीको भनाई छ । गरीले भन्नुभयो– ‘पसल दर्ता गरेकै भरमा व्यवसायी हु भनेर नेतृत्वमा जान खोज्ने प्रचलन अन्त्य हुनुपर्छ ।’ ‘उद्योग बाणिज्य संघको काम व्यवसायीहरुको हकहितसँगै जिल्लाको आर्थिक विकासमा ध्यान दिनुपर्ने हो ।

त्यसका लागि व्यवसायीहरुमा व्यापारिक अनुभवसँगै व्यवसायीहरुलाई पर्ने समस्या बुझ्न सक्ने नेतृत्वको अहिले आवश्यकता छ । त्यसैले संघको सदस्यमा उमेद्धवारी दिएको छु ।’ उहाँले भन्नुभयो । व्यवसायसँगै २४ बर्षसम्म शिक्षण पेशाको अनुभव संगाल्नुभएका गिरीले आफु निर्वाचित भए व्यापारमा देखिएको विकृति, आर्थिक विकास, सामाजिक सेवा लगायतका कामहरुलाई प्राथमितामा दिएर उठाउने बताउनुहुन्छ ।

नयाँ सडक टोल विकासका सस्था र नेपाल दशनामी समाजमा सचिव रहेर काम गरिरहनुभएका गिरी त्यसका साथै अन्य विभिन्न सामाजिक संघ सस्थाहरुमा रहेर काम गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*