Home / विशेष / व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापित गर्नु मेरो प्राथमिकताः सदस्य पदका उमेद्वार भुवन पोख्रेल

व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापित गर्नु मेरो प्राथमिकताः सदस्य पदका उमेद्वार भुवन पोख्रेल

घोराही, ३० साउन
व्यवसायीहरुको साझा संस्था दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनको मिति नजिकिदै गर्दा संघको नयाँ नेतृत्वका लागि विभिन्न व्यवसायीहरुले आफ्नो प्रचारप्रचारलाई तिव्र पारेका छन् । तीनै व्यवसायी मध्येका एक हुन्ः घोराही उपमहानरपालिका–१५ मधुवन टोल निवासी भुवन पोख्रेल ।

घोराहीमा चान्सलर अटो मोवाईलको व्यवसाय गर्दै आउनुभएका पोख्रेल उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उमेद्वारी दिनुभएको छ । २०६८ सालदेखि उद्योग व्यवसायका क्षेत्रमा संलग्न पोख्रेल उद्योग बाणिज्य संघलाई व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापितसँगै उद्योग व्यवसायीहरुका विचमा सुमधुर सम्वन्ध कायमसँगै स्वच्छ प्रतिस्पर्धाका लागि आफुले उद्योग वाणिज्य संघको सदस्यमा उमेद्धवारी दिएको बताउनुभयो ।

युवा सफल व्यवसायीका रुपमा स्थापित पोख्रेल गोरक्ष राष्ट्रिय दैनिकका स्तम्भकार समेत हुन । त्यससँगै उहाँ विभिन्न सहकारी सस्थाको कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ । साथै टोल विकास संस्थाको नेतृत्वसँगै शिक्षण पेशाको समेत अनुभव रहेको छ । व्यवसायीहरुको हकहितकालागि निर्वाचनमा गएकाले विजयी बनाउने वश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*