Home / Feature Breaking news / कागजका व्यापारी भन्दा पनि वास्तविक व्यापारीलाई भोट दिनुस्ः बसन्त जोशी

कागजका व्यापारी भन्दा पनि वास्तविक व्यापारीलाई भोट दिनुस्ः बसन्त जोशी

फोटोग्राफरको क्षेत्रमा नयाँ आयाम ल्याउने व्यवसायी हुनुहुन्छः बसन्त जोशी । उहाँको पर्यायवाची पहिचान हो सप्तरंगी डिजिटल कलर ल्याव । २०५३ सालबाट व्यवसाय सुरु गर्नुभएका जोशी दाङका पुराना फोटो व्यवसायीमध्य एक हो । जसले त्यो बेला जोशी फोटो स्टुडियो सञ्चालन गर्नुभयो । जसले उहाँलाई व्यवसायमा अगाडि बढ्न उत्प्रेरणा ग¥यो । व्यवसाय सुरु गर्नुभएका बसन्तले त्यसको ठिक १० वर्षपछि २०६३ सालमा संप्तरंगी डिजिटल कलरल्याव सञ्चालन गर्नुभयो । जसले डिजिटलको दुनियामा नयाँ आयाम थप्यो ।

दाङ जिल्ला फोटोग्राफर एशोसियशनका अध्यक्ष भएर अहिले दोस्रो कार्यकाल चलाईरहनुभएको छ । यो सहित अन्य सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमीका निर्वाह गरिसक्नुभएका बसन्त व्यवसायिक हकहित, दाङ राजधानी, सरसफाई अभियानलाई सार्थकता, दर्ताविनाका व्यवसायीहरुलाई दर्ता प्रक्रीयामा ल्याउन, व्यवसायीहरुको समस्या समाधानकालागि र समग्र व्यवसायीहरुको हितमा काम गर्ने गरि उद्योग उपाध्यक्षको उमेद्वार बनेको जोशीको भनाई छ ।

अग्रजहरुसँगको सल्लाह र धेरे व्यवसायीहरुहरुको आग्रहमा चुनावी मैदानमा उत्रिएकाले सबैकोे मायाले विजयी हुनेमा ढुक्क हुनुहुन्छ । आफ्नो पक्षमा महोल भएकाले, उद्योग सदस्य भएर संघबाट पाएको जिम्मेवारी सफल रुपमा पुरा गरेकाले पनि उद्योग उपाध्यक्षमा उमेद्वारी दिएको उहाँ बताउनुहुन्छ । सम्पूर्ण फोटोग्राफरहरुको प्रतिनिधित्व गर्दै जोशी चुनावी मैदानमा आउनुभएको छ । फर्म दर्ता गरेकै भरमा नेतृत्वमा आउन खोज्नेलाई भन्दा वास्तविक व्यवसायीलाई जिताउदा व्यापारीहरुमा आउने समस्या समाधान हुने भएकाले वास्तविक व्यापारी पहीचान गरी मतदान गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*