Home / Feature Breaking news / मदिरा व्यवसाय स्थापित गरेका ‘टंक’

मदिरा व्यवसाय स्थापित गरेका ‘टंक’

मदिरा व्यवसाय स्थापित गरेका ‘टंक’
पश्चिम दाङको पञ्चकुलेबाट एसएलसी उत्तिर्ण भएपछि उच्च शिक्षा अध्ययनका लागि उनको बाटो तय भयो घोराही । घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईए अध्ययन थालेका उनि शिक्षामा भन्दा व्यवसायमा अब्बल भए । अहिले घोराहीकै ‘नामी’ व्यवसायि बनेका उनि उद्योग वाणिज्यसंघकै नेतृत्व तहमा पुग्ने रस्साकस्सीमा छन् ।
टंकसिंह बुढाथोकी । ग्रामिण भेकबाट उदय भएको एक सफल व्यवसायिक ब्यक्तित्वको परिचय हो ।

झण्डै दुईदशकको व्यवसायिक अनुभवले अहिले उनलाई व्यवसायिसंगको सामिप्यता मात्रै कसेन, व्यवसायिहरुको नेता बन्ने उचाईमा पुर्याईदियो । उनि ३१ साउनमा हुने दाङ उद्योग वाणिज्यसंघको वाणिज्य उपाध्यक्षमा भिड्दै छन् । उनको उम्मेद्धारी किन ? व्यवासयिक नेता बनेर चिनिने उनको व्यक्तिगत स्वार्थ गौण छ । त्यो भन्दा बढि स्वार्थ उनीमा सम्पूर्ण व्यवसायिहरुको हकहितको बिषय जोडिएको छ । उनि भन्छन् ‘म आफ्नो लागी भन्दा पनि यहाँका सबै व्यवसायिहरुको हकहितका पक्षमा उम्मेदवारका रुपमा खडा भएको हुँ ।’

२०५५ देखि पञ्चकुलेबाट अध्ययनको मिशन तय गरेर घोराही आएका टंक अध्ययनसंगै व्यवसायि बन्ने उपद्रो चाहना पाल्न थाले । त्यसोत उनका दाजुले पश्चिम दाङमा व्यवसाय चलाईरहेका थिए । यो ईख पनि पक्कै भएको हुनु पर्छ ‘दाईले व्यवसायमा सफलता हात पार्न सक्ने म किन नसक्ने ?’ उनलाई नामी व्यवसाय बनेर आर्थिक पक्ष बलियो बनाउने सपना चुलिन थाले ।

घरसल्लाहमै उनले त्यो बेला घोराहीमा मदिरा व्यवसाय सुरु गरे । ‘पढाईमा भन्दा ममा व्यवसाय प्रति धेरै चाहना बढ्दै जान थाल्यो,’उनले भने ‘अनि घरसल्लाहमा मैले झण्डै चार,पाँँच लाखको लगानीमा घोराहीमा मदिरा व्यवसाय सुरु गरेँ ।’ कतिको सहज थियो यो व्यवसाय त्यतिबेला ? उनले जवाफ दिए ‘अत्यधिक चुनौती थियो, कसरी यि चुनौतीको सामना गरेँ,त्यो मलाई मात्रै थाहा छ ।’ सबै भन्दा ठूलो चुनौती उनलाई रक्सी बेच्ने मान्छे भनेर फरक नजरले हेरिन्थ्यो । उनलाई अरुले यो दृष्टिले हेर्दा नमज्जा लाग्थ्यो । ‘मलाई रक्सी बेच्ने भनेर मान्छेहरुले हेयको दृष्टिले हेर्थे,’उनि भन्छन् ‘त्यो बेला चाहिँ नमज्जा लाग्थ्यो ।’

उनले व्यवसाय सञ्चालनका लागि साईकलबाटै मदिरा बोकेर पसल पसल पुर्याईदिन्थे । ‘म आँफै साईकलमा कुदेर पसलपसलमा मदिरा पुर्याउन जान्थेँ,’उनले भने ‘अहिलेको जस्तो सहज थिएन त्यो बेला ।’
उनको बुझाईमा अहिले धेरै सहज छ ।मदिरा व्यवसायिहरुलाई हेर्ने दृष्टिकोण धेरै सकारात्मक बनेको छ । उनि भन्छन् ‘अहिले त व्यापार व्यवसायमा पनि सहज छ,हेर्ने दृष्टिकोण पनि धेरै सकारात्मक बनेको छ ।’

घोराहीका पहिलो मदिरा व्यवसायि मध्यका टंक एक हुन् । यो बिचमा असहज परिस्थतीसंगै धेरै चुनौतीहरुलाई उनले सामना गर्नुपर्यो । तथापी व्यवसायबाट बिचलित भएनन् । फलस्वरुप अहिले मदिरा व्यवसायिहरुको नेतृत्व तहमा पुगेका छन् । उनि मदिरा व्यवसायिहरुको छाता संगठन लिकर्श एशोसिएशनका जिल्ला अध्यक्ष हुन् । ‘मेरो साहस र चुनौती सामना गर्ने सामथ्र्यकै कारण म यो व्यवसायमा टिकेँ र अहिले यो स्थान सम्म आईपुगेँ,’उनले भने ।

लिकर्श एशोसिएसनको अध्यक्षसंगै डेलिभरी सेवा वितरक संघको कोषाध्यक्ष समेत रहेका उनि अब समग्र व्यवसायिहरुको नेतृत्व तहमा पुग्ने योजनामा छन् । उनको यो आँट र साहस पनि व्यवसायिहरुसंग आत्मियता गाँस्नुको फल हो । उनि आफ्नो व्यवसायिक अवधिभर व्यवसायिहरुसंग जहिल्यै निकट रहे । व्यवसायिक हकहितका लागि सबै व्यवसायिहरु एक हुनुपर्छ भन्ने मान्यता जहिल्यै राख्ने टंकको यहि सकारात्मक भावनाले उनि व्यवसायिहरुको मनमा राम्रोसंग अट्टाउन सकेका छन् ।

उनको अबको मिशन पनि यहिनै हो व्यवसायिक हितका लागि व्यवसायिहरुको मजवुत एकता । चुनावी नारानै यहि बनाएर मैदानमा उत्रिएका उनले भने ‘सबै भन्दा ठूलो कुरा भनेकै व्यवसायिहरुको एकता हो । वाणिज्य उपाध्यक्षमा निर्वाचित भए यहाँको व्यवसायिक सफलताका लागि उनले पहिलो मिशन कोयलावास नाका सञ्चालनलाई बनाएका छन् । उनले बुझेका छन् ‘यो नाका सञ्चालनमा आउन सक्यो भने यहाँको ब्यापार व्यवसायले पक्कै फड्को मार्ने छ ।’
जिल्लामा अभावको कारण देखाउँदै हुने कालोबजारी नियन्त्रण उनको अर्को महत्वपूर्ण मिशन छ ।

यसैगरि अखाद्य सामागूी विक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने उनले योजना बनाएका छन् । ‘म कुर्सीमा बस्ने उपाध्यक्ष हैन,घर आँगनमै पुगेर समस्या सुन्ने र विकृति हटाउने उपाध्यक्ष बन्ने छु,’उनले भने ‘म हरदिन हरपल जनतासंगै रहने छु ।’ घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्यमा आँफू अनवरत रुपमा लाग्ने उनको अर्को योजना छ । यसो हुन सके अहिले देखा परेको स्वास्थ्य समस्या धेरै हद सम्म निराकरण हुने उनको ठम्याई छ ।

यसैगरि दाङलाई प्रादेशिक राजधानी बनाउने अभियानमा उनि सकृय बनेर लाग्ने मिशन बनाएका छन् । यसका लागि उनको पहिलो योजना छ ,धर्नालाई औद्योगीक क्षेत्र बनाउने । ‘यहाँ औद्योगिक क्षेत्र भयो भने उद्योगहरुको बिकाससंगै दाङलाई राजधानी घोषणा गर्न दबाब पर्ने छ,’उनले भने ‘यसर्थ पहिलो चरणमा धर्नालाई औद्योगिक क्षेत्र घोषणा गर्नका लागि म अग्रपंक्तीमा रहेर लागि पर्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*