Home / Feature Breaking news / गुडिरहेको बसमा ढुंगाले लाग्दा एकको मृत्यु, ११ जना घाइते

गुडिरहेको बसमा ढुंगाले लाग्दा एकको मृत्यु, ११ जना घाइते

सल्यान, २९ साउन ।
सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते छन् । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोलामा सडक माथीबाट खसेका ठूलो ढुंगाले लाग्दा अन्दाजी ३२ वर्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको बसमा आज दिउँसो ढुंगा खसेको हो । बस पल्टीएर सडकबाट तल खसेको छ ।

bus

घाइतेहरुको तुलसिपुर स्थीत अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले सो सडकखण्डमा यात्रा गरिरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*